ताप्लेजुङ – ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) परिसरमा लिम्बू समुदायको साँस्कृतिक बाजा च्याब्रुङ (केः) स्तम्भ निर्माण कार्य सम्पन्न गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा मुक्कुमलुङ केलाङ निङ्वासो पार्कमा निर्मित च्याब्रुङ स्तम्भको उद्घाटन किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनद्वारा आईतबार गरिएको छ । उद्घाटन कार्यक्रममा लिम्बू कलाकारहरुको केःलाङ पनि प्रस्तुत गरिएको थियो ।
प्रबासमा बसेर पनि आफ्नो पहिचान, समुदाय र संस्कृतिलाई संरक्षण गर्नको लागि कियाचु जापनले ३ वर्षअघिदेखि केः स्तम्भ निर्माणको शुरुवात गरेको थियो । केः स्तम्भ निर्माणको लागि कियाचु जापानले, अन्य देश, कतार, ब्रुनाइ, इजरायल र हङकङको चुम्लुङसँग पनि सहकार्य गरेको थियो ।
कियाचु ताप्लेजुङ, सुमन लेछर्बो, कियाचु जापानका महासचिब लक्ष्मीहाङ आङ्बो, कियाचु प्रदेश र कियाचु केन्द्रीय समितिको बिशेष भूमिकामा उक्त केः स्तम्भ निर्माण कार्य सम्पन्न भएको कियाचु ताप्लेजुङ सचिब इन्दिरा मेन्याङबोले बताए ।
३ हजार ७ सय मीटरको उचाईमा बनाईएको केः स्तम्भले समग्र नेपालीमा भातृत्व कायम गर्ने र लिम्बू समुदायको पहिचानको कोशेढुंगा हुने बिश्वास गरिएको छ । बिगत लामो समयदेखि मुक्कुमलुङ बचाऔं आन्दोलन पनि यस क्षेत्रमा स्थानीयले गर्दै आएका छन् ।
माईलस्टोन खबर/आलोक माबोहाङ लिम्बू
Discussion about this post