काठमाण्डाै – तालिबानले अपमान गरेको आरोपमा पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द गरेको छ । पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ ।
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको बीबीसीले जनाएको छ । पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।
पीआईएका प्रवक्ताले तालिबानले एयरपोर्टका आफ्ना कर्मचारीलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको समेत आरोप लगाएको छ । हिजो सामान्य अवस्थामा भन्दा १० गुणा कमले मात्र एक देशबाट अर्को देशका लागि टिकट काटेका बीबीसीले जनाएको छ ।
समाचार संस्था एएफपीका अनुसार काबुलबाट इस्लामाबाद ४० मिनेट उडानको लागि तालिबानले १२ सय डलर असुल्ने गरेको पाइएको थियो । यो भन्दा अगाडि यति उडानको १ सय ५० डलर मा हुँदै आएको थियो ।
Discussion about this post