सप्तरीमा दुई मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खडक नगरपालिका ४ अमहास्थित पुर्ब-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाईकल एक-आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाईकलमा सवार झापाको शिवसतासी नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ को विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाईकलमा सवार झापाकै भद्रपुर नगरपालिका ४ बस्ने बर्ष २१ को दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा स. ५ प ८४३४ नम्बरको मोटरसाईकलमा सवारमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ७ बस्ने ३५ बर्षका चन्दन कुमार साह गम्भिर घाईते भएका छन । उनलाई उपचारका लागि विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि शनिबारै बसले दिएको ठक्करले मोटरसाइकलमा सबार एक व्यक्तिको मृत्यु भएको थियो ।
Discussion about this post