उदयपुर – ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
Discussion about this post