काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन्। दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले मन्त्रीपरिषदमा निर्णय गरेर १२ जना सिडियोहरूको सरुवा गरिएको हो ।
गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय, जगन्नाथ पन्तलाई गृहमन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । त्यस्तै, वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पा, विष्णु पौडेल अर्घाआँचीबाट गृहमन्त्रालय, राजुप्रसाद पौडेललाई स्याङ्जा, स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।
Discussion about this post