काठमाडौँ — तेह्रथुमको छथर गाउँपालिका-३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको छ । पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बु गम्भीर घाइते बनेकी उनको उपचार भइरहेको छ ।
श्रीमान श्रीमती बीच आपसमा झगडा र कुटपिट भएको थियो । कुटपिटबाट टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएका गोविन्दबहादुरलाई उपचारका लागि छथर अस्पताल पुर्याइएको थियो । तर उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान् सँगको झगडामा बेहोस् बनेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरानको बीपी काेइराला स्वास्थ विज्ञान प्रतिस्ठान अस्पताल रेफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post