काठमाडौं – पाँँचथर फालेलुङ ८ सुर्केनागी निवासी मृगौला पिडित संगिता यवा (भुजेल)लाई कतारबाट एक लाख दुईहजार एकसय नब्बे रुपया रकम सहयोग गरिएको छ ।
बिमारिकी बहिनी सबिना यवाको अनुरोधमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारका अर्थसचिव कुमारसिं योङहाङको संयोजकत्वमा रकम संकलन गरिएको हो ।
उक्त संकलित रकम कार्तिक १ सोमबार का दिन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय अर्थसचिव बिष्णु कुमार याक्सो द्वारा पिडितलाई हस्तान्तरण गरिएको छ ।
पिडित यवाको उपचारका लागि सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रती कृतज्ञता व्यक्त गर्दै उक्त परोपकारी कार्यमा बिशेष सहयोग गर्नुहुने अम्मर गुरुङ लगायत सबैलाई सम्झन्दै हरेक नेपालीको पिडिमा नेपाली मनहरु यसरिनै मिलेर अघि बड्ने हो भने? असम्भ्व केही नभएको अनुभव संयोजक योङहाङले बताए ।
अति बिपन्न परिवारका मृगौला पिडित संगीता दुबै मृगौला प्रत्यारोपण गराउनका लागि काठमाडौमा उपचारर्थ छिन ।
Discussion about this post