पाँचथर – अविरल बर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन ।
जिल्लाको सदरमुकाम फिदिम, मिक्लाजोङ, फाल्गुनन्द र कुम्मायक गाँउ पालिकामा मंगलवार साँझदेखि बुधवार विहानसम्म ५ जनाको ज्यान गएको हो ।
सदरमुकाम फिदिम ४ जोरसालमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यू भएको छ । घर माथिबाट आएको पहिरोले पुर्दा २५ वर्षीय ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जनाकारी दिनुभयो ।
उहाँका अनुसार मिक्लाजोङ,फाल्गुनन्द र कुम्मायकमा एक –एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन । पहिरोले मेची राजमार्गको इलाम फिदिम र फिदिम ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाँउ पालिका जोड्ने सडकहरुपनि पहिरोका कारण अवरुद्ध भएका छन ।
(साभार तस्वीर र समाचार रेडियो मितेरी/लक्ष्मी गौतम)
Discussion about this post