गाई काटेकाे अभियाेगमा १३ जनालाई राेल्पा प्रहरीले पक्राउ गरेकाे छ । रोल्पाकाे रुन्टीगढी गाउँपालिका वडा नम्बर १ लापालमा मंगलबार बेलुका करिब ५ बजेकाे समयमा गाई काटि रहेकाे भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हाेलेरीबाट प्रहरी निरीक्षक जिबराज थापाको नेतृत्वमा खटिएको प्रहरी टाेलीले ३ पुरुष र १० महिला गरि १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।
गाई काटि सकेर भागबन्डा गरिरहेकाे करिब ८० किलाे मासु सहित रुन्टीगढी गाउँपालिका १ राम्लीका ५० वर्षिय चन्द्रलाल राना , २० वर्षिय आकाश घर्तिमगर, २० वर्षीय लाल बहादुर पुन सहित अन्य १० जना महिलाहरु पक्राउ परेका छन् । पक्राउ पर्ने १३ जना रुन्टीगढी गाउँपालिका १ राम्लीका स्थानीय रहेका छन् । बरामद गरिएको मासुकाे जनप्रतिनिधिकाे राेहवरमा ल्याब परीक्षण गर्ने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताएका छन् ।
Discussion about this post