Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

इलाम जिल्लाको विभिन्न स्थानमा पहिरोले बगाउँदा १३ जनाको मृत्यु, मृतक सबैको सनाखत

सुमन सहयात्री सुमन सहयात्री
३ कार्तिक २०७८, बुधबार १८:५६
देश, मुख्य खबर
इलाम जिल्लाको विभिन्न स्थानमा पहिरोले बगाउँदा १३ जनाको मृत्यु, मृतक सबैको सनाखत

इलाम – लगातारको वर्षासँगै आएको पहिरोका कारण इलाम जिल्लाको विभिन्न स्थानमा १३ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको पहिरोले पुरिएर ज्यान गएको छ । प्रहरीका अनुसार फाकफोकथुम ३ आम्चोकको सल्लेरीमा घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो ।

‘घरको भूइँतलामा सुतेका उनीहरुलाई पहिरोले पुर्दा ज्यान गएको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल भने बच्न सफल भएका छन् । ‘पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका २ जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने ।

त्यस्तै, माङसेवुङ गाउँपालिका ६ को पञ्चमी बजार नजिक पहिरोमा पुरिएकामध्ये २ जनाको शव निकालिएको छ । घरमै पहिरो झर्दा ५५ वर्षीय हरिप्रसाद राई र २७ वर्षीय कमला राईसहित ५ जना पुरिएका थिए । २ को शव भेटिएको र अन्य ३ जना सख्त घाइते अवस्थामा उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । घाइते भक्तकुमार राई, जनम राई र चन्द्र लिम्बुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धरानको घोपा लाने तयारी भइरहेको उनले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा सबै शव पहिरोबाट निकालिएको छ ।

यस्तै, फाकफोक गाउँपालिकाकै १ नम्बर वडा ठिङ्गेपुरमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ साडे ७ बजेतिर नरबहादुर शेर्माको भान्सामा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । स्थानीयले तत्काल उद्धार गरेर २ जनालाई बचाए पनि ३० वर्षीया विना शेर्मा लावती र १४ वर्षीय आइतबार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४० वर्षीय नरबहादुर र १८ वर्षीय खगेन्द्र शेर्मा सकुशल छन् ।

त्यस्तै, सूर्योदय नगरपालिका ३ जिलमा घरमा पहिरो खस्दा ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको ज्यान गएको छ । सूर्योदय नगरपालिका ३ मेहेलबोटेमा राति गएको पहिरोले सुतेकै अवस्थामा ४९ वर्षीया नारायणीदेवी मोतेको मृत्यु भएको छ । अन्य ३ जनाको सकुशल उद्धार गरिएको छ ।

देउमाई नगरपालिका २ बस्ने ४५ वर्षीय सरिता आचार्यलाई लुटिया खोलाले बगाउँदा ज्यान गएको छ । सोमबार साँझ ८ बजेदेखि आएको निरोधार झरीका कारण दर्जन बढी घर विस्थापित भएका छन् । थुप्रै चौपाया र पशुहरू बगाएको र पुरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

३ कार्तिक २०७८, बुधबार १८:५६
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

३ कार्तिक २०७८, बुधबार १८:५६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

३ कार्तिक २०७८, बुधबार १८:५६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

३ कार्तिक २०७८, बुधबार १८:५६
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

३ कार्तिक २०७८, बुधबार १८:५६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

३ कार्तिक २०७८, बुधबार १८:५६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.