Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

एनसेलले सरकारलाई २७ अर्ब कर तथा महसुल तिर्‍यो – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
४ कार्तिक २०७८, बिहीबार १७:०६
देश, प्रविधि, मुख्य खबर
एनसेलले सरकारलाई २७ अर्ब कर तथा महसुल तिर्‍यो – Yangwarakfocus

काठमाडौ – गत आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने दूरसञ्चार कम्पनीमा एनसेल एजिएटा पहिलो नम्बरमा परेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले गत वर्ष सरकारलाई विभिन्न कर र महसुल शीर्षकहरु अन्तर्गत झण्डै २७ अर्ब रुपैयाँ तिरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आवको प्रतिवेदन अनुसार, एनसेलले दूरसञ्चार सेवा शुल्क, मूल्य अभिवृद्धि कर, रोयल्टी अन्य कर तथा महशुल र फ्रिक्वेसी शुल्क अन्तर्गत यो रकम तिरेको हो ।

एनसेलले दूरसञ्चार सेवा शुल्क वापत ४ अर्ब ६९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर अर्थात भ्याट वापत ५ अर्ब ५१ करोड, रोयल्टी २ अर्ब २१ करोड, अन्य कर र महसुल अन्तर्गत १२ अर्ब ९६ करोड रुपैयाँ र फ्रिक्वेन्सी शुल्क वापत १ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको नेपाल दूरसञ्चार प्राधिकरणको उक्त प्रतिवेदनमा उल्लेख छ । यो सबै जोड्दा एनसेलले भुक्तानी गरेको रकम कुल २६ अर्ब ९६ करोड हुन्छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले भने सोही आवमा विभिन्न कर र महशुल गरी जम्मा १२ अर्ब ५६ करोड रुपैयाँ सरकारलाई बुझाएको छ । टेलिकमले प्राधिकरणमा बुझाएको अपरिष्कृत विवरण अनुसार, टलिकमले दूरसञ्चार सेवा शुल्क वापत ३ अर्ब ७४ करोड रुपैयाँ, भ्याट वापत ३ अर्ब १ करोड रुपैयाँ, अन्य कर र महसुल अन्तर्गत ४ अर्ब १० करोड, स्वामित्व कर बापत ५९ लाख १३ हजार, फ्रिक्वेन्सी शुल्क १ अर्ब ७१ करोड रुपैयाँ तिरेकोे छ ।

इन्टरनेट सेवा प्रदायक तर्फ, सबैभन्दा बढी कर तथा महशुल वर्ल्डलिङ्क कम्युनिकेसनले बुझाएको छ । वर्ल्डलिङ्कले विभिन्न शीर्षक अन्तर्गत २ अर्ब ६८ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । उसले दूरसञ्चार सेवा शुल्क वापत ५३ करोड रुपैयाँ, भ्याट बापत एक अर्ब २१ करोड रुपैयाँ, अन्य कर र महशुल वापत ८२ करोड ४२ लाख रुपैयाँ तथा रोयल्टी बापत ११ करोड ७२ लाख रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरणको प्रतिवेदनले उल्लेख गरेको छ ।

सुबिसुले ८७ करोड ५२ लाख रुपैयाँ सरकारलाई बुझाउँदै दोस्रो स्थानमा रहेको छ । सुबिसुले सेवा शुल्क १२ करोड ९८ लाख रुपैयाँ, भ्याट ५४ करोड १३ लाख रुपैयाँ, रोयल्टी ५ करोड ७० लाख, अन्य कर र महशुल अन्तर्गत १४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी भायनेटले सरकारलाई ४६ करोड रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ । भायनेटले भ्याट बापत ६ करोड ७१ लाख रुपैयाँ, रोल्यटी रकम बापत तीन करोड २० लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत २५ करोड ४३ लाख रुपैयाँ, अन्य कर र महसुल वापत १० करोड ७० लाख रुपैयाँ गरि कुल ४६ करोड भुक्तानी गरेको उल्लेख छ ।

यसैगरी, मोफसलको इन्टरनेट सेवा प्रदायक टेक्माइण्ड्सले सरकारलाई गत आवमा भ्याट बापत ९ करोड ९५ लाख रुपैयाँ, रोयल्टी बापत २ करोड ५५ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ४ करोड ४२ लाख रुपैयाँ, अन्य कर र महसुल बापत ५० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
क्लासिक टेकले सरकारलाई गत आवमा भ्याट बापत ६ करोड ३४ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ४ करोड ७९ लाख रुपैयाँ र अन्य कर र महसुल वापत ३ करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणको उक्त प्रतिवेदनमा उल्लेख छ । नयाँ इन्टरनेट सेवा प्रदायक सिजी नेटले दूरसञ्चार सेवा शुल्कको २ लाख ९१ हजार रुपैयाँ र अन्य कर र महसुल अन्तर्गत २६ लाख ४३ हजार रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरण सो प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

४ कार्तिक २०७८, बिहीबार १७:०६
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

४ कार्तिक २०७८, बिहीबार १७:०६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

४ कार्तिक २०७८, बिहीबार १७:०६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

४ कार्तिक २०७८, बिहीबार १७:०६
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

४ कार्तिक २०७८, बिहीबार १७:०६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

४ कार्तिक २०७८, बिहीबार १७:०६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.