सुर्खेत – सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा बन्गाड कुपिण्डे नगरपालिका–११, माझकाँडाका ६० वर्षीय लिले बुढाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो खेतमा लगाएको धान हेर्न जाने क्रममा बुढालाई माझकाँडा खोलाले बगाएको थियो ।
खोला तर्ने क्रममा बगेका उनी खोलादेखि करिब २५ मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
Discussion about this post