कातिक ६/देशभरको मौसम आज (शनिबार) बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली भने रहेको छैन ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Discussion about this post