पाँचथर – पाँचथरको यासाेक-फिदिम सडक खण्डकाे सरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । यासोक सिवाखाेला बाट फिदिम आउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटना भएकाे हो । उक्त दुर्घटना परी मृत्यु हुनेहरूको ३ जनाको सनाखत भएको र १ जनाको हुन बाकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।
गम्भिर घाईते भएका ४ जनाकाे सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ । १० जनालाई रेफर गर्ने तयारि गरिएकाे प्रहरीले बताएकाे छ ।
केहि घाईतेहरूकाे पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।
उक्त बसले सिबाखाेलाबाट फिदिम यात्रु लिएर अाउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारि डम्बर विश्वाकर्माले बताएका छन् उक्त दुर्घटनाकाे बिस्तृत विवरण आउन बाँकि छ ।
Discussion about this post