पाँचथर – गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोलको गीतको म्युजिक भिडियोको छायांकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाइ लिम्बुले नै निर्देशन गरेका हुन । पान्थरको साधुटार, तमोर, लब्रेकुटि सिलाउटी लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतलाइ नोगेन हाङ्सरुम्बाले स्वर दिएका छन् ।
बरदान संगीतालयले निर्माण गरेको भिडियोमा नोगेन हाङ्सरुम्बा, निशाम तुम्बापो, सागर केरुङ, उदय नेम्बाङ, बरदान इङ्वा, ज्योती सुहाङ, अनिता थाम्सुहाङ र पुरन राइले अभिनय गरेका छन् । इशाक जबेगुको छायांकन तथा सम्पादन, अरुणा नेल एन्ड आर्ट मेकप स्टुडियो, दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतलाइ बरदान युटुब च्यानलबाट सार्वजनिक हुने निर्देशक बुद्धराज लिम्बुले बताएका छन् ।
Discussion about this post