Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

सुडानमा सैन्य कू-काे विराेध गर्नेमाथि सेनाले गाेली चलाउँदा ७ जनाकाे मृत्यु, १४० जना घाइते – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
९ कार्तिक २०७८, मंगलवार १३:२०
विदेश
सुडानमा सैन्य कू-काे विराेध गर्नेमाथि सेनाले गाेली चलाउँदा ७ जनाकाे मृत्यु, १४० जना घाइते – Yangwarakfocus

बीबीसी – सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ ।

सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए ।

सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ ।

सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ ।

कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन् ।

सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ ।

सोमवार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गरेको बीबीसी अरेबिकका मोहम्मद ओस्मानले बताए ।

एक जना घाइतेले बीबीसी संवाददातालाई सैन्य मुख्यालयबाहिर सेनाले आफ्नो खुट्टामा गोली हानेको बताए । अर्का एक मानिसले सेनाले पहिला स्टन ग्रिनेडहरूको प्रयोग गरेको र त्यसपछि गोली चलाएको भन्दै घटनाको व्याख्या गरे ।

सुडानस्थित डाक्टरहरूको सङ्घ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको भनेर फेसबुकमा लेखेका छन् ।

घाइतेहरू रगत पच्छे लुगामा अस्पतालमा रहेको तस्बिरहरू सार्वजनिक भएका छन् ।

बीबीसी संवाददाताले हिंसा भए पनि प्रदर्शनकारीहरूले पछि हट्ने सङ्केत नदेखाएको बताए ।

प्रदर्शनकारीहरूले इँटाको चाङले बाटोमा अवरोध पुर्‍याएका छन् र टायर बालेका छन् । थुप्रै महिलाहरू पनि सैन्य शासन चाहिँदैनू भन्दै नारा लगाइरहेका छन् ।

विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन् ।

केन्द्रीय बैङ्कका कर्मचारीहरू देशैभर आन्दोलनरत रहेको बताइएको छ र चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरिरहेका छन् ।

राजधानी खार्तुमस्थित सेनाको मुख्यालय परिसर बाहिर महिला, बालबालिकासहित हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन् ।

सेनाले शासन हातमा लिएपछि विश्व नेताहरूले त्यसको निन्दा गर्दै प्रतिक्रिया जनाएका छन् ।

सुडानसमेत सदस्य रहेको अफ्रिकी सङ्घलगायत युरोपेली सङ्घ, यूके र अमेरिकाले समेत गैर सैनिक नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।

सेनाले थुप्रै नेतालाई पक्राउ गरेर अज्ञात स्थलमा राखेको छ । त्यसरी पक्राउ गरिनेमा प्रधानमन्त्री अब्दल्ला ह्यामदुक र उनकी श्रीमती, साथै मन्त्रिमण्डलका अन्य सदस्य र गैर सैनिक नेताहरू रहेका छन् ।

सम्बन्धित खबरहरु

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

९ कार्तिक २०७८, मंगलवार १३:२०
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

९ कार्तिक २०७८, मंगलवार १३:२०
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

९ कार्तिक २०७८, मंगलवार १३:२०
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

९ कार्तिक २०७८, मंगलवार १३:२०
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

९ कार्तिक २०७८, मंगलवार १३:२०
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

९ कार्तिक २०७८, मंगलवार १३:२०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.