Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

विप्लव नेतृत्वले काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाही गर्ने धम्की – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
१० कार्तिक २०७८, बुधबार ११:५४
देश
विप्लव नेतृत्वले काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाही गर्ने धम्की – Yangwarakfocus

खोटाङ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ ।

७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११औँ पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाभित्रका दर्जनौं योजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गरेर जनकारबाही गर्ने धम्की दिएको हो ।
मध्यपहाडी लोकमार्ग, महुरे–फोक्सिङटार सडक, फोक्सिङटारको पक्की पुल, धाप्लाङघाटको पक्की पुल, हलेसी क्षेत्र खोटाङ (वृहत पम्पिङ) खानेपानी आयोजनालगायतका राष्ट्रिय महत्वका आयोजनाको काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने तयारी गरिएको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज शैलेसले बताए ।

विकास निर्माणमा भएका ढिलासुस्तीका विषयमा प्रशासन, निर्माण कम्पनी लगायतलाई आग्रह गर्दा बेवास्ता गरिएको नेकपाले जनाएको छ । नेकपाका जिल्ला सेक्रेटरी जीवनले जारी गरेको विज्ञप्तिमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाले जग्गा अधिग्रहण गर्दा विस्थापित हुने किसानको उचित पुनर्वासको व्यवस्था मिलाउनुपर्ने आवाज उठाइएको छ ।

जलविद्युत् आयोजनाबाट प्राप्त हुने मुआब्जा जग्गाधनीको हातमा जाने, तर दशकौंदेखि त्यही जग्गा कमाएर गुजारा चलाउँदै आएका किसान अलपत्र पर्ने अवस्था आउने भन्दै नेकपाले उनीहरूको पुनर्वासको व्यवस्थाका लागि राज्यको ध्यानाकर्षण गराएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत् आयोजनाले ओगट्ने जग्गाको अधिग्रहणको प्रक्रियाअघि बढिरहेका बेला नेकपाले यस्तो धारणा बाहिर ल्याएको हो ।

यस्तै, अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको पहिलो रुटका लागि रोक्का गरिएका जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको प्रसारण लाइनको पहिलो रुटका लागि भन्दै दुई वर्ष रोक्का गरेर फुकुवा गरिएका खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।

हाल अरुण तेस्रोको दास्रो रुट कायम गरिएपछि नेकपाले पहिलो रुटमा रोक्का राखिएका अवधिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन राज्यको ध्यानाकर्षण गराएको जनाएको छ । नेकपाले प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको विषयमा घरघरसम्म व्यापक बहस अघि बढाउने, विभिन्न जनवर्गीय संगठन, जातीय, क्षेत्रीय, मोर्चा र युवा संगठनको जिल्ला सम्मेलन गर्ने, पार्टी स्थापना दिवसको उपलक्ष्यमा आगामी ८ मंसिरमा काठमाडौंमा हुने वृहत जनप्रदर्शन र आमसभालाई भव्य बनाउन तयारीमा जुट्ने, पार्टी सदस्य आवेदन र नवीकरणलाई तीव्रता दिनेलगायतका निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१० कार्तिक २०७८, बुधबार ११:५४
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१० कार्तिक २०७८, बुधबार ११:५४
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१० कार्तिक २०७८, बुधबार ११:५४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१० कार्तिक २०७८, बुधबार ११:५४
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१० कार्तिक २०७८, बुधबार ११:५४
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१० कार्तिक २०७८, बुधबार ११:५४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.