Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

याङ्वरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु हुदै – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
११ कार्तिक २०७८, बिहीबार १५:२१
देश, याङ्वरक विशेष
याङ्वरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु हुदै – Yangwarakfocus

पाँचथर– स्थानीय तहले पर्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छन् । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र बजेट अभावको महसुस याङवरक गाउँपालिकाले पनि गरेको हो । निरन्तरताको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै सो गाउँपालिकाले पूर्वाधार विकासमा एक पछि अर्को गर्दै फड्को मारिरहेको छ ।

यही क्रममा आर्थिक वर्ष २०७८/७९ को सुरुआतमै गाउँपालिकाको महत्वका करिब रु २५ करोड लागतका तीन ठूला पूर्वाधार आयोजनाको निर्माण थालेको छ । यसका लागि दुई आयोजनाको ठेक्का सम्झौता भइसकेको छ भने एउटाको बोलपत्र आह्वान भई निर्माण कम्पनी छनोट हुन लागेको छ ।

याङवरक–४ थर्पुको बरडाँडामा आधारभूत अस्पताल निर्माणको ठेक्का सम्झौता सम्पन्न गरेको छ । गाउँपालिकाले आह्वान गरेको ठेक्का प्रस्तावअनुसार गत साउन २१ गते आधारभूत अस्पतालको निर्माण सम्झौता भएको हो । गाउँपालिकाका इञ्जिनीयर शरद दाहालका अनुसार नमूना वीर जेभी मोरङले भ्याटसहित रु १४ करोड ५७ लाख २२ हजार ६४४ को लागतमा आधारभूत अस्पताल निर्माणको ठेक्का पाएको छ ।
दुई ठूला ब्लकसहितको अस्पताल निर्माणकार्य २०८० साल भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न १५ श्य्याको अस्पताल निर्माण हुन लागेको हो ।

यस्तै, गाउँपालिकाको पहिचानका रुपमा स्थापित याङवरक पोखरी संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागिसमेत ठेक्का सम्झौता सम्पन्न गरिएको छ । ‘निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण’ आयोजनाका लागि ६ करोड ४४ लाख २५ हजार ९२ लागतमा पोखरीको संरक्षण तथा पर्यटकीय संरचना निर्माण हुन लागेको हो । सिएम–जोशी–आँशु जेभी काठमाडौँसँग गत भदौ २४ गते सम्पन्न सम्झौताअनुसार २०८१ साल असोज १ गतेभित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको इञ्जिनीयर दाहालले जानकारी दिए ।

यस आयोजनाअन्तर्गत याङवरक पोखरीको संरक्षणसहित पर्यटकीय संरचना, मन्दिरलगायत संरचना निर्माण हुनेछन् । गाउँपालिकाले विशेष महत्व दिएको यस स्थानमा व्यवस्थित संरचना निर्माण हुन लागेका हुन् । निशान कालिका धामतर्फ घेराबारा, मन्दिर पुनःनिर्माण, टायल विच्छ्याउने काम निजी तथा सरकारी लगानीमा करिब पूरा हुन लागेको छ ।

यस्तै, गाउँपालिकाको लगानीमा बहुउद्देश्यीय कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । गाउँपालिकाले तीन ब्याडमिन्टन कोड, एउटा भलिबल कोड, ५०० दर्शक अटाउने प्यारापिट, बाहिरी सजावटसहितको कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । कबर्डहल निर्माणका लागि रु चार करोड तीन लाखको लागत अनुमान गरिएको गाउँपालिकाका इञ्जिनीयर दाहालले जानकारी दिए ।

गाउँपालिकाले एकै पटक तीन ठूला पूर्वाधार निर्माणको सुरुआत गर्न लागेको हो । गाउँपालिकाले प्रशासकीय पूर्वाधार निर्माणलाई अगाडि बढाइ प्रशासकीय भवन र कार्यालय नभएका दुई वडामा वडा कार्यालय भवन निर्माण गरिरहेको छ ।

गाउँपालिकाको संस्थागत विकास तथा तीन तहको सङ्घीय संरचनाको सम्वद्र्धनमार्फत नागरिकलाई आफ्नै घर आँगनमा सेवा दिन यस प्रकारका संरचना निर्माणले ठूलो सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।
गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले गाउँपालिका निर्माण भएपछि निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमै अत्यावश्यक पूर्वाधारका अधिकांश योजना निर्माण सम्पन्न हुने वा निर्माणको चरणमा पुग्ने बताइन् । उनले सेवा प्रवाहमा पूर्वाधारका संरचनाले ठूलो सहयोग गर्ने भएकाले गाउँपालिकाले प्राथमिकतामा राखेको बताइन् । साभार ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

११ कार्तिक २०७८, बिहीबार १५:२१
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

११ कार्तिक २०७८, बिहीबार १५:२१
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

११ कार्तिक २०७८, बिहीबार १५:२१
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

११ कार्तिक २०७८, बिहीबार १५:२१
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

११ कार्तिक २०७८, बिहीबार १५:२१
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

११ कार्तिक २०७८, बिहीबार १५:२१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.