Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपाली श्रमिक २० महिनापछि कोरिया जान पाए – Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
१२ कार्तिक २०७८, शुक्रबार ०२:५१
Uncategorized, देश
नेपाली श्रमिक २० महिनापछि कोरिया जान पाए – Yangwarakfocus

काठमाडौं – ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् । पहिलो चरणमा कोरियाले ११९ जना ‘प्रतिवद्ध श्रमिक’ लिने गरी निर्णय गरेअनुसार बुधबार ४८ जना श्रमिक कोरिया उडेका छन् ।

कोरियामा ५ वर्षसम्म एउटै रोजगारदाताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । २० महिनापछि नेपाली श्रमिक कोरिया जाने प्रक्रिया शुरु भएको र अर्को चरणमा ११९मध्ये बाँकी श्रमिकलाई पनि पठाउने वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ । २०७६ फागुनदेखि कोरियामा श्रमिक जाने क्रम रोकिएको थियो ।

पहिलो चरणमा ५० जना श्रमिक पठाउने भनिए पनि भिसा प्रक्रिया नमिल्दा २ जना भने जान पाएनन् । त्रिभुवन विमानस्थलमा सरकारी अधिकारीहरु नै पुगेर श्रमिकको औपचारिक विदाइ गरेका छन् । बाँकी श्रमिकलाई पनि जतिसक्दो छिटो कोरियमा रोजगारीका लागि पठाउन् उनीहरुको प्रतिवद्धता थियो ।

प्रतिवद्ध कामदार जान शुरु गरेपनि भाषा परीक्षा र सीभीटी परीक्षा पास गरेर बसेका श्रमिकहरुबारे भने कोरिया सरकार अझै अनिणिर्त छ ।

कोभिड-१९ शुरु भएपछि पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारीमा अन्योल छ । २०७६ फागुनको पहिलो सातादेखि नै ईपीएस प्रणालीमार्फत एक जना पनि श्रमिक नेपालबाट कोरिया जान पाएका थिएनन् ।

नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिवद्ध कामदारका रुपमा फर्किएका करिब तीन हजार जना श्रमिक यतै रोकिएका छन् ।

लेबर कन्ट्रयाक्ट आएपछि श्रमिकले ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इस्युएन्स’ (सीसीभीआई) फारम भर्नुपर्छ । त्यसअनुसार कोरियाले सीसीभीई जारी गर्छ ।

कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रतिक्षा सूचीमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि प्रक्रिया र स्वास्थ्य र चारित्रिक मापदण्ड पूरा गरेर मात्र जान पाइन्छ ।

अझै पनि प्रतिक्षा सूचीमा रहेका थुप्रै श्रमिकको लेबर कन्ट्रयाक्ट आएको छैन । रोस्टरमा नाम चढेको दुई वर्षभित्र लबेर कन्ट्रयाक्ट नआएमा श्रमिक प्रतीक्षा सूचीबाट हट्नुपर्छ । कोरियाले पछिल्लोपटक त्यसको म्याद ६ महिना थप गरेको छ ।

करिब १२ हजार युवा प्रक्रिया पुरा गरेर पनि कोरियामा जान नपाइने चिन्तामा छन् । कोरियामा आम्दानी पनि राम्रो हुने भएकाले प्रतिवर्ष करिब एक लाख युवा कोरिया जान भाषा परीक्षाको तयारी गर्छन् । सन् २०२० को लागि भएको भाषा परीक्षा दिएका ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए ।

श्रमिकको हित रक्षाका लागि कोरिया सरकार खाडी मुलुकभन्दा प्रतिवद्ध मानिन्छ । आकर्षक तलब दिनेगरी ४० वर्ष ननाघेका अदक्ष कामदार लैजाने कोरियाले महामारीअघिसम्म प्रतिवर्ष औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको थियो । कोरियाले कृषि र उत्पादनमुलक -उद्योग) समूहमा कामदार लैजाने गरेको थियो ।

नेपाल सरकारले नै प्रक्रिया पुर्‍याएर पठाउने भएकाले कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनुपर्दैन । कोरिया सरकारकै निगरानीमा हुने भाषा परीक्षाको नतिजा उसैले प्रकाशित गर्ने भएकाले यसको निष्पक्षतामा नेपाली युवाको विश्वास कायम छ ।

रोजगारदाताले रुचाएको कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिने गरेको छ । पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको भिसा पाउने व्यवस्था कोरियाले गरेको छ ।

तर, महामारीपछि कोरियामा पनि श्रमिकको माग घटेको र जोखिम मोलेर नेपालबाट श्रमिक लैजान पनि चासो नदिएकाले आकर्षक श्रम गन्तव्य गुम्ने त्रास श्रमिकहरूमा छ ।

तर, अब प्रतिवद्ध कामदार जान शुरु गरेकाले अरु श्रमिकहरुमा पनि आशा भने पालएको छ । साभार अनलाइनखबर ।

सम्बन्धित खबरहरु

Being a Webcam Version

१२ कार्तिक २०७८, शुक्रबार ०२:५१
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१२ कार्तिक २०७८, शुक्रबार ०२:५१
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१२ कार्तिक २०७८, शुक्रबार ०२:५१
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१२ कार्तिक २०७८, शुक्रबार ०२:५१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१२ कार्तिक २०७८, शुक्रबार ०२:५१
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१२ कार्तिक २०७८, शुक्रबार ०२:५१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.