Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

फेसबुकको नाम फेरियो ‘मेटा’ -Yangwarakfocus

सुमन सहयात्री सुमन सहयात्री
१२ कार्तिक २०७८, शुक्रबार १३:०९
प्रविधि, मुख्य खबर
फेसबुकको नाम फेरियो ‘मेटा’ -Yangwarakfocus

काठमाडौं – सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो ।

मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्दछन् ।

कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ । हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ ।

फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन भएर मेटा राखिएको भएपनि यसले सोसल मिडिया प्लाटफर्महरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको नामलाई असर गर्ने छैन । केवल यी प्लाटफर्महरुको मातृ कम्पनीको नाम परिवर्तन भएर अबदेखि मेटा रहनेछ ।

नयाँ नाम सार्वजनिक गर्ने क्रममा सिइओ जुकरबर्गले विद्यमान ब्राण्ड नामले कम्पनीले हाल गरिरहेका कामहरु तथा भविष्यमा गर्ने कामहरुलाई समेनट्न नसकेको हुनाले यसको नाम परिवर्तन गर्नुपरेको बताए ।

नाम घोषणाको भर्चुअल कार्यक्रम जुकरबर्गले भनेका छन्– समयसँगै मलाई आशा छ हामीलाई यसलाई एक मेटाभर्स कम्पनीको रुपमा देख्नेछौँ । हामीले जे बनाउन जाँदैछौँ त्यसमै आफ्नो पहिचान र काम अडियोस् भन्ने म चाहन्छु ।

हाल कम्पनीले दुई भिन्न क्षेत्रमा काम गरिरहेको र त्यसमध्ये एउटा सोसल मिडिया एपहरुको परिवार र अर्को भविष्यमा प्रविधिहरुको प्लाटफर्म रहेको जुकरबर्गको भनाइ छ । नयाँ नामसँगै प्रयोगकर्ताहरुले भविष्यमा कम्पनीका अन्य सेवाहरुको प्रयोग गर्दा पनि फेसबुक नै प्रयोग गर्नुपर्ने बाध्यता नरहने जुकरबर्गले जनाएका छन् ।
नाम परिवर्तनसँगै फेसबुकले नयाँ चिह्न (लोगो) पनि सार्वजनिक गरेको छ जस अन्तरगत बुढी औंला उठाएको अर्थात् थम्ब्स् अप वाला लाइकको लोगोलाई निलो इन्फिनिटी आकारको लोगोले विस्थापित गर्नेछ ।

बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरियो
फेसबुककी एक पूर्व कर्मचारीले सार्वजनिक गरेका विभिन्न गोप्य दस्तावेजहरुमा आधारित नकारात्मक समाचारहरुको श्रृंखलासँगै कम्पनीको प्रतिष्ठामा दाग लाग्ने अवस्था आएपश्चात् फेसबुक कम्पनी आफ्नो नाम परिवर्तन गर्ने निर्णयमा पुगेको थियो ।

फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस हुगेनले फेसबुकमाथि सुरक्षालाई भन्दा नाफालाई बढी प्राथमिकता दिने गरेको आरोप लगाएकी छन् ।

फेसबुकले राखेको आफ्नो नयाँ नाम ‘मेटा’ ग्रिक शव्द हो जसको अर्थ ‘पर’ भन्ने हुन्छ ।

स्मरण रहोस् सन् २०१५ मा गुगलले आफ्नो कम्पनीको पुनर्संरचना गर्दै मातृ कम्पनीको नाम ‘अल्फाबेट’ राखेको थियो । यद्यपि आम जनमानसमा अहिलेसम्म पनि अल्फाबेट नाम खासै जनजिब्रोमा चलेको छैन र मानिसहरु गुगल नै भनेर चिन्दछन् ।

–बीबीसीबाट

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१२ कार्तिक २०७८, शुक्रबार १३:०९
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१२ कार्तिक २०७८, शुक्रबार १३:०९
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१२ कार्तिक २०७८, शुक्रबार १३:०९
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१२ कार्तिक २०७८, शुक्रबार १३:०९
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१२ कार्तिक २०७८, शुक्रबार १३:०९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१२ कार्तिक २०७८, शुक्रबार १३:०९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.