गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का एक युवक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्ढकीमा डुबेर बेपत्ता भएका हुन्।
पौडेल आइतबार दिउँसो सत्यवती गाउँपालिका– १ रुद्रबेनीघाटमा नुहाउने क्रममा कालीगण्डकीमा डुबेका हुन्। अहिले इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरीक्षक लक्ष्मण विक र इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुवराज बम नेतृत्वको प्रहरी टोली र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भटराईले जानकारी दिए ।
जमेको पानीमा गहिरो रहमा डुबेको आशंका भए पनि प्रहरीलाई खोज्न समस्या परिरहेको भट्टराईले बताए। उनले प्रहरीको प्रयास असफल भए गोताखोर मगाएर भए पनि खोजीकार्य अगाडि बढाउने बताए ।
Discussion about this post