Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै‚ को हुन् राजेन्द्र राई ?

सुमन सहयात्री सुमन सहयात्री
१६ कार्तिक २०७८, मंगलवार ०९:५६
देश, राजनीति
प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै‚ को हुन् राजेन्द्र राई ?

विराटनगर – नेकपा (एकीकृत समाजवादी)का संसदीय दलको नेता राजेन्द्र राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन्। मुख्यमन्त्री भीम आचार्यले सोमबार दिउँसो राजीनामा दिएपछि मुख्यमन्त्रीमा राईको बाटो खुलेको हो।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेलगत्तै पाँच दलीय गठबन्धनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका राई पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका हुन्।

उनी तत्कालीन नेकपा एमालेबाट भोजपुर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए। तर‚ गत भदौमा एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजे। उनी प्रदेश १ को एकीकृत समाजवादीका संसदीय दलका नेता हुन्।

को हुन् राई?

राजेन्द्र राई २०२७ सालमा षडानन्द नगरपालिका-१० सुर्केमा जन्मिएका हुन्। उनी नरेन्द्रबहादुर र धनकुमारीका चार सन्तानमध्ये कान्छो सन्तान हुन्। राईले २०६० सालमा शोभा पाठकसँग अन्तरजातीय विवाह गरेका हुन्।

उनी विद्यालयमा नेकपा एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवबाट राजनितिक जीवन सुरु गरेका हुन्। समाजमा भएका असमानता, विभेदको अन्त्यका लागि लड्न कक्षा ८ मा अध्ययन गर्दादेखि अनेरास्ववियुमा संगठित भएको बताउने उनी परिवर्तनका विभिन्न अभियान र आन्दोलनहरुमा सक्रिय सहभागी हुँदै आएका छन्।

राई अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल सदस्य हुँदै केन्द्रीय प्रचार विभागको प्रमुख भए। अनेरास्ववियुको सचिव, महासचिव हुँदै दुई पटक अध्यक्षको (२०५७–०५९) र (२०५९–०६०) जिम्मेवारी निर्वाह गरेका छन्।

उनले २० वर्ष विद्यार्थी संगठनमा रहेर काम गरे। काठमाडौंस्थित रात्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति समेत बेनका राईले विद्यार्थी संगठन छोडेर एमाले काठमाडौं जिल्ला कमिटीबाट पार्टी राजनीति यात्रा सुरू गरेका हुन्।

एमालेको आठौं महाधिवेशन र नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी एमाले विभाजन भएसँगै एकीकृत समाजवादीको केन्द्रीय सचिव रहेका छन्। उनले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकारको जिम्मेवारी समेत निर्वाह गरेका छन्।

राई पञ्चायतकालमा सात महिना केन्द्रीय कागारमा जेल जीवन बिताएका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनका कालमा चार महिना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा थुनिएका थिए। २०६० मा भोजपुर घरैबाट तत्कालीन नेकपा माओवादीले अपहरण गरेर लगेका उनलाई एक साता बन्दी बनाइएको थियो।

लेखनमा रुची

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राईको सयौं लेख रचना विभन्न पत्रपत्रिकामा प्रशाकाशित भएका छन्। उनका तीन पुस्तक प्रकाशित छन्।

उनको ‘विचारको खती’, ‘आयु’ नामक विद्यार्थी आन्दोलनसँग सम्बन्धित पुस्तक प्रकाशित छन्। शिक्षासम्बन्धी पुस्तक ‘शिक्षाको अँध्यारो’ नामक पुस्तक पनि प्रकाशित छ।

राईले पोर्चुगल, डेनमार्ग, बेल्जियम, स्वीडेन, अल्जेरिया र भारत भ्रमण गरेका छन्। – थाहाखबर/सुजता लिम्बू

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१६ कार्तिक २०७८, मंगलवार ०९:५६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१६ कार्तिक २०७८, मंगलवार ०९:५६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१६ कार्तिक २०७८, मंगलवार ०९:५६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१६ कार्तिक २०७८, मंगलवार ०९:५६
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१६ कार्तिक २०७८, मंगलवार ०९:५६
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१६ कार्तिक २०७८, मंगलवार ०९:५६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.