पान्थर – लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायांकन मंगलबार सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन गरिएको छ । उक्त गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
याक्थुङ फिल्मसद्वारा निर्माण भएको गीतको शब्द सागर केरुङको रहेको छ भने संगीत प्रेम पन्धाक र स्वर डिआर हाङ्सरुम्बाको रहेको छ ।
छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ । Yakthung Films युटुब चानलद्वारा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ, बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा,भक्त खबास, रुकमान केरुङ, बर्षा खबास,दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन ।
उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।
Discussion about this post