दमाम – संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको तेस्रो केन्द्रिय अधिबेशनको तयारी पुरा भएको छ । आगामी नोभेम्बर १९ शुक्रबार का दिन अन्नपूर्ण रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । उक्त अधिबेशनको लागी कार्यवाहक अध्यक्ष बसन्त चेन्जि माबो संयोजक रहेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिती “संघीय लिम्बुवान सामाजिक मञ्च, साउदी अरब”को तेस्रो केन्द्रिय अधिबेशन हुने भएको छ । संघीय कार्यलयको सर्कुलर पत्रानुसार सबै प्रवास समितिहरूले मंसिर १० गतेभित्रमा अधिबेशन गरि सक्नुपर्ने पत्रमा उल्लेख गरिएपछि संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरब पनि अधिबेशनको तयारीमा जुटेको हो ।
उक्त अधिबेशन आगामी नोभेम्बर १९ शुक्रबारका दिन साउदी अरबको जुबेल स्थित अन्नपूर्ण रेष्टुरेन्टको सभा हलमा गरिने भएको छ ।
ऐतिहासिक तेस्रो अधिबेशन खुल्ला सत्र र बन्द सत्र गरेर सञ्चालन गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य श्रीप्रसाद यवाले जानकारी दिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा(जुम भर्चुअल)सम्पन्न हुने भएको छ । उक्त तेस्रो अधिबेशनमा साउदीमा स्थापित विभिन्न सामाजिक संघसंस्था तथा वैचारिक संगठनहरूलाई पनि आतिथ्यताको लागि निमन्त्रणा गरिने समेत यवाले जानकारी दिएका छन् ।
संघीय लिम्बुवान सामाजिक मञ्च साउदीले बिगत सन् २०१३ देखि निरन्तर सामाजिक कार्यहरूमा काम गर्दै आइरहेको छ । हालसम्म थुप्रै नेपाली श्रमिकहरूलाई उद्दार तथा सहयोग गरेको यवाले बताए ।
आगामी नोभेम्बर १९ बाट संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबले नयाँ नेतृत्व पाउनेछ ।
Discussion about this post