Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५ औँ जन्मजयन्तीका मनाइयो

सुमन सहयात्री सुमन सहयात्री
२० कार्तिक २०७८, शनिबार १८:३०
Uncategorized, देश
लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५ औँ जन्मजयन्तीका मनाइयो

पाँचथर – पहिलोपटक लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५ औं जन्मजयन्ती मनाइएको छ । पान्थर जिल्लाको हिलिहाङ गाउपालिका ४ स्थित हिलिहाङ दरबार परिसरमा मनाइएको छ । जन्मजयन्तीका अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा दरबार पुनःनिर्माणका लागि बिहिबार शिलान्यास समेत गरेका छन् ।

नेपाल एकीकरणपूर्व लिम्बुवानको अन्तिम राज्यका रूपमा रहेको याङवरक थुम पान्थर जिल्लाको हस्तपुर गढीमा रहेको राजा हिलिहाङको दरबारको भग्नावशेष नजिकै ऐतिहासिक दरबारको निर्माण हुन लागेको हो । सङ्घीय सरकार र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु दुई करोड ५१ लाख ६८ हजार ३१८ को लागतमा दरबार निर्माण हुन लागेको हो ।

दरबार निर्माण कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत र हिलिहाङ गाउँपालिकाले ३० प्रतिशत लागत बेहोर्ने साझेदारी भएको छ । दरबार निर्माणको ठेक्का इलामको भगवती बौद्ध जेभीले पाएको छ ।

हिलिहाङ गाउँपालिकाका अनुसार गत असोज १८ गते गाउँपालिका र निर्माण कम्पनीबीच आगामी २०८० माघ २५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता भएको छ ।

सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले अघिल्लो सरकारले थालनी गरेको भौतिक पूर्वाधार विकासको महाभियानले संस्कृति र इतिहासको संरक्षण र प्रवद्र्धन तथा पर्यटन विकासमा ठूलो मद्दत गर्ने बताए । उनले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जन अभिवृद्धि गर्न सकिने संसारभरिको प्रचलनका आधारमा अगाडि बढ्नु नै नेपालका लागि समेत हितकर हुने बताए ।

“इतिहासमा सीमित हुन लागेको हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्विक सम्पदा तथा पर्यटकीय गन्तव्य बनाउन मेरै पहलमा पुरातत्व विभागले उत्खनन गरेपछि यस क्षेत्रमा सरकारको नजर परेको हो”, नेम्वाङले भने, “अब यस क्षेत्रको विकासले बाटो समातेको छ, त्यो रोकिनु हुँदैन ।”

पटक–पटक पृथ्वीनारायण शाह नेतृत्वको नेपाल एकीकरण अभियानसँग हारजित नभएको अवस्थामा राजा हिलिहाङले नेपाल एकीकरणलाई सार्थकता दिन महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै पूर्वमन्त्री नेम्वाङले उनको जन्मोत्सवले राष्ट्रिय एकता सम्वद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तत्कालीन लिम्बुवान क्षेत्रका खोजकर्ता प्रा डा नारायण सङ्ग्रौलाले इतिहासमा सीमित भएका सबै विषयमा खोज गर्ने, पुरातात्विक सम्पदाको संरक्षण गर्ने र परम्परागत शैलीमा संरचना निर्माण गर्ने कार्यले इतिहासको जगेर्ना, पर्यटन प्रवद्र्धन र राष्ट्रिय एकताको विकासमा सहयोग गर्ने बताए ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले राजा हिलिहाङको जन्मजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाई उनले नेपालको वर्तमानस्वरूप निर्माणमा गर्नुभएको योगदानको सम्मान गर्नुपर्ने बताए ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनका अनुसार गाउँपालिका स्थापनापछि दरबार क्षेत्रको विकासमा गाउँपालिका र हिलिहाङ फाउण्डेसनले सहकार्य गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा सङ्ग्रहालय र खेलमैदान निर्माण सम्पन्न भएको छ । करिब रु तीन करोडको लागतमा सङ्ग्रहालय निर्माण भएको हो । हिलिहाङ क्षेत्रको प्रचारका लागि तीन वर्षअघि गाउँपालिकाले महोत्सव सम्पन्न गरेको थियो ।

हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार फाउण्डेसनले दरबार क्षेत्रमा राजा हिलिहाङको शालिक निर्माण गरेको छ भने हिलिहाङ क्षेत्रको प्रवेशद्वार र प्रवेशद्वारमा शालिक स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

बिहीबार आयोजित कार्यक्रममा राजा हिलिहाङको शालिकमा माल्यार्पण गरिनुका साथै सहभागीले उहाँले शक्ति प्राप्त गर्ने दरबार भग्नावशेषसँगै रहेको शक्तिपीठको दर्शन गरेका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ, नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, लिम्बुवान पक्षधर(सलोराम) नेत्री शान्ता योङहाङ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा हिलिहाङ फाउण्डेसनले राजा हिलिहाङको प्रथम मूर्तिकार काठमाडौँका चङ्खे नगरकोटीसहित हिलिहाङ क्षेत्रको विकासमा क्रियाशील स्थानीय युवा सूर्य योङहाङ, विनोद योङहाङ र वसन्त योङहाङलाई सम्मान गरेको थियो ।

विसं १७८३ कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेको इतिहास छ । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो । हिलिहाङकी एक चेलीको विवाह तत्कालीन सिक्किमका राजासँग भएको थियो । त्यसैले याङवरक थुमलाई लडाइँमा सिक्किमले सहयोग गर्दथ्यो ।

नेपाल एकीकारणका क्रममा लामो समयसम्म युद्ध भएर कुनै पक्ष नहारेको अवस्थामा दुवै पक्षबाट दूरदर्शिता देखाई अन्त्यमा सन्धि सम्झौता भएको इतिहासमा भेट्न सकिन्छ । लडाइँ र सङ्घर्षका बीचमा राजा पृथ्वीनाराणय शाह र हिलिहाङ राजाबीच औपचारिक अनौपचारिक धेरै सन्धि (सम्झौता) भएका थिए ।

सम्झौतामध्ये सबैभन्दा बढी चर्चित विसं १८१४, १८३१ र १८४२ मा भएका सन्धि थिए । सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरुबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । अर्थात् शाहहरु र योङहाङ राजखान्दानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरेका थिए ।

विशेषतः राजा हिलिहाङले नेपालको एकीकरण अभियानलाई सार्थक बनाउन गरेको मद्दतको सम्मान हुनुपर्ने यहाँका सरोकारवालाको जोड छ । हिलिहाङका सेनापतिको नाम नाम्दीहाङ (काङ्शोरे) थियो । हिलिहाङले ३१ वर्षको उमेरमा विसं १८१४ मा शासन हात लिएर विसं १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहासमा पाइन्छ ।

सम्बन्धित खबरहरु

Very best Antivirus Application

२० कार्तिक २०७८, शनिबार १८:३०

What to Look for in Data Room Software

२० कार्तिक २०७८, शनिबार १८:३०

Virtual Data Assessment

२० कार्तिक २०७८, शनिबार १८:३०

The advantages of a Digital Data Review

२० कार्तिक २०७८, शनिबार १८:३०

Exactly what are Computer Sites?

२० कार्तिक २०७८, शनिबार १८:३०

The Rise of Digital Marketing

२० कार्तिक २०७८, शनिबार १८:३०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.