दमाम – साउदीको पुर्वी क्षेत्रमा कार्यरत नेपाली दाजुभाइ/दिदिबहिनीहरूले तिहारको भाइटिकालाई सामुहिक रूपमा मनाएका छन् । साउदीको अल खोबर स्थित गल्फ दरबार रेस्टुरेन्टको सभाहलमा गत शुक्रबारका दिनका एक अनौपचारिक कार्यक्रम गरि आफुले चुनिएको चेलीको हातबाट सप्तरङ्गी टीका, माला र आशीर्वाद ग्रहण गरेका थिए ।
नेपालमा शनिबार भाइटिकाको साइत भए पनि साउदीमा शुक्रबार नै सामुहिक भाइटिका लगाइएको हो । शुक्रबार सार्वजनिक बिदा भएकोले सबैको समय मिल्ने र शनिबार प्राय जसो नेपालीहरू डिउटिमा व्यस्त रहन्छन् त्यही भएर नै शुक्रबार नै भाइटिका लगाउनुपरेको समाजसेवी तुलशिमाया गुरुङले बताइन् ।
साउदीमा कार्यरत चेलिहरू तुलशीमाया गुरुङ, पुष्पा राई, भिमसरी पुन मगर र वर्षा केसिले संयुक्तरूपमा भाइटिका लगाइदिएका थिए ।संयुक्तरूपमा टीका तथा आशिर्वाद ग्रहण गरिए पनि आ-आफ्नो सम्बन्धित चेलिबाट सम्बन्धित माइतीहरूलाई टीका लगाएको थियो ।
यमपन्चकको पाचौ दिन हर्ष र उल्लास का साथ मनाईने भाईटिकालाई चेली र माईतिको सम्बन्ध प्रगाढ बनाउने दिनको रुपमा मनाईदै आइएको छ । सांस्कृतिक सद्भाव कायम राख्न पनि अन्य समुदायले यस पर्वलाई मनाउने गरिएको छ । यसैबीच विविध बाध्यताबस स्वदेशमा भाइटिका पर्व मनाउन सम्भव नभएपछि बिगत केही वर्ष देखि यसरी नै साउदीमा सामुहिक रुपमा भाईटिका लगाउन थालिएको हो ।
#पर्व_र_सांस्कृतिक
तस्बिरमा – तुलसीमाया गुरुङ आफ्नो माइतीहरूलाई भाइटीका लगाइ सकेपछि सामुहिक फोटो खिचाउदै
तस्बिरमा- पुष्पा राई माइतीलाई टोपी लगाइदिदै
तस्बिरमा – भिमसरी पुन मगर र वर्षा केसि रोल्पाली टोलिलाई भाइटिका लगाएपछी सामुहिक फोटो खिचाउदै
सामुहिक भाइटिका कार्यक्रममा रोल्पाली टोलिले रोल्पाको चर्चित पैसरी नाच नाचेर मनोरञ्जन समेत दिएका थिए ।
तस्बिरमा – रोल्पाली टोलि पैसरी नाच नाच्दै
तस्बिरमा – भाइटिका लगाएपछि माइतीहरूबाट दक्षिणा ग्रहण गर्दै भिमसरी पुन मगर र वर्षा केसि
तस्बिरमा – भाइटिका लगाएपछि माइतीहरूबाट दक्षिणा ग्रहण गर्दै पुष्पा राई
Discussion about this post