पाँचथर – ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहिवार छायांकन सम्पन्न भएको छ ।
सुरेश अधिकारीको शब्द/संगीत र तारा लावतिको स्वर रहेको गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउमा छायांकन गरिएको हो ।
माता पाथीभरा फिल्म्स प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्माता किशोर सुब्बा, छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता जबेगु, प्रकाश संयोजन निस्चल आचार्य, ड्रोन अपरेटर फुङ्सो जबेगु, नृत्य निर्देशक निङ्वा नेम्बाङको रहेको छ भने कलाकारहरु मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन ।
बिक्रम सम्बत २०५४ सालमा लिम्बू चलचित्र ‘आनि साक्थिम’ बा शिशु बाल कलाकारहरुको रुपमा खेलाएको कलाकारलाई नै फेरि मोडलको रुपमा राख्न पाउँदा खुसी लागेको आनि साक्थिमका लेखक निर्देशक किशोर सुब्बाले बताए ।
Discussion about this post