Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

आर्थिक अनियमितताको हिसाब खोज्दा बैठक कक्षबाट निकालिए वडाध्यक्ष

सुमन सहयात्री सुमन सहयात्री
३० कार्तिक २०७८, मंगलवार १६:५२
देश, राजनीति
आर्थिक अनियमितताको हिसाब खोज्दा बैठक कक्षबाट निकालिए वडाध्यक्ष

विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् ।

समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरे ।

बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो ।

‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् ।

वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।

सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको बताए ।

उनका अनुसार वडा अध्यक्षको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको थियो । ‘उहाँको मोटरसाइकल मर्मतको बिल १० हजारको थियो, मैले तोक आदेश दिएँ तर माग फारम नभरेकाले लेखाले रोकेको रहेछ,’ उनले भने, ‘बैठकमा इन्धन मर्मतको हिसाब खोज्नु भयो ।’ पालिकाले चालु आर्थिक वर्षका लागि इन्धनमा छुट्याएको ४२ लाख, मर्मतको ३० लाख र फर्निचरको ५० लाख खर्च हुने क्रममा रहेको दाबी उनले गरे ।

मेयर राईले बैठक चल्न नदिएपछि बाहिर बसेर सहयोग गर्न आग्रह गरिएको बताउँछन् । आफ्ना कुरा राखिसकेपछि अरुलाई कुरा राख्न नदिएपछि बाहिर पठाइएको उनले बताए । ‘बैठकबाट निकालेको होइन, बाहिर बसेर सहयोग गरिदिनुहोस् भनेको हो,’ उनले भने, ‘बहिर पनि कराउनु भएछ ।’

मेयर राई नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष भण्डारी भने माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

बैठक कक्षबाट वडा अध्यक्ष निकालिएपछि माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले आपत्ती जनाएका छन् । उनले वडा अध्यक्षमाथिको दुर्व्यवहारको मूल्य चुकाउने उल्लेख गरेका छन् ।

‘पथरी शनिश्चरे ४ का वडा अध्यक्षले उठाएका भ्रष्टाचारका प्रश्नको जबाफ नदिइ उनीमाथि नगरपालिका प्रमुखलगायतले गरेको दुर्व्यवहार आपत्तिजनक छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यसको घोर भर्त्सना गरिन्छ, यो दुर्व्यवहारको चर्को मूल्य पर्ने छ ।
Onlinekhabar

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

३० कार्तिक २०७८, मंगलवार १६:५२
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

३० कार्तिक २०७८, मंगलवार १६:५२
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

३० कार्तिक २०७८, मंगलवार १६:५२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

३० कार्तिक २०७८, मंगलवार १६:५२
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

३० कार्तिक २०७८, मंगलवार १६:५२
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

३० कार्तिक २०७८, मंगलवार १६:५२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.