Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

एमाले पाँचथरद्वारा बाढी पहिरो प्रभावित परिवारसँग भेटघाट र राहत हस्तान्तरण

सुमन सहयात्री सुमन सहयात्री
३० कार्तिक २०७८, मंगलवार १७:३९
Uncategorized, देश
एमाले पाँचथरद्वारा बाढी पहिरो प्रभावित परिवारसँग भेटघाट र राहत हस्तान्तरण

पाँचथर – पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ सहित नेकपा (एमाले)का नेता तथा जनप्रतिनिधिहरुको टोलीले बाढी पहिरोमा परी मृत्यु भएका तथा वेपत्ताका परिवारसँग भेटघाट गरी सहानुभूति ब्यक्त गरेको छ । यस क्रममा एमाले पाँचथरले पार्टीबाट मृतकका परिवारलाई राहत रकम समेत उपलब्ध गराएको छ ।

गत कात्तिक १ गतेदेखि ३ गतेसम्मको वमौसमी वर्षाका कारण आएको बाढी र पहिरोमा परी फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा मृत्यु भएकाका परिवारसँग एमालेको टोलीले आइतबार र सोमबार भेटघाट गरेको हो । यस क्रममा पीडित परिवारहरुका गुनासा, समस्या तथा माग सुन्नुका साथै उक्त टोलीले बाढी पहिरोबाट प्रभावितहरुको दीर्घकालीन ब्यवस्थापन, राहत र सहयोगका उपायहरुबारे अन्तक्र्रिया गरेको छ ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङ सहित संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राई, एमाले प्रदेश कमिटी सदस्यद्वय करुणा राई र सन्त राई, एमाले पाँचथर जिल्ला कमिटीका सचिव धनकुमार फियाक, एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरु सहितको टोलीले बाढी र पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग भेटघाट गरेको हो ।
यस क्रममा एमाले पाँचथरले प्रत्येक मृतकका परिवारलाई रु. १० हजारका दरले राहत रकम उपलब्ध गराएको छ । बाढी र पहिरोका कारण मृत्यु भएका जिल्लाका ३१ जनाका परिवारलाई रु. १० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णयबमोजिम राहत रकम प्रदान गरिएको एमाले पाँचथरका सचिव धनकुमार फियाकले वताउनुभयो । एमालेले मृतक परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्नुका साथै शोकाकूल परिवारको दीर्घकालीन जिविकोपार्जनमा आवश्यक सहयोग गर्ने वचनवद्धता समेत ब्यक्त गरेको छ ।

यस क्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. १, २, ४, ५, ६ र ७ का बाढी तथा पहिरो प्रभावितहरुले सरकारसमक्ष राहत, क्षतिपूर्ति र पुनस्र्थापनाका लागि पहल गरिदिन माग गर्दै प्रतिनिधिसभा सदस्य नेम्वाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । मृतकका परिवार, घरबारविहीन परिवारले हालसम्म सरकारी निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्दै यथाशिघ्र सहयोगको प्रवन्ध गर्न पहल गरिदिन आग्रह गरेका हुन् ।

यस क्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले पीडित परिवारलाई राहत, क्षतिपूर्ति र पुनस्र्थापनाका लागि आफूले सक्दो पहल लिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । “अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नहुनु दुःखद् विषय हो । सरकारले पीडित परिवारको राहत र पुनस्र्थापनाको दायित्व पूरा गर्नुपर्छ”, नेम्वाङले प्रभावित परिवारलाई भन्नुभयो, “म यस विषय सधैँ चिन्तित छ र अब गम्भीरतापूर्वक कुरा उठाउने छु ।” संघ र प्रदेश सरकारको उपस्थिति नभइरहेको अवस्थामा नजिकको सरकारका रुपमा रहेको मिक्लाजुङ गाउँपालिकाले समेत प्रभावित परिवारलाई हालसम्म सहयोग गर्न नसक्नु चिन्ताको विषय रहेको उहाँले वताउनुभयो ।
स्रोतको सुनिश्चितता नभएका अवस्थामा स्थानीय र प्रदेश सरकारले रकमान्तर गरेर भएपनि राहत र पुनस्र्थापनाको प्रवन्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मृतक तथा वेपत्ताका परिवारलाई सहयोग, घरबारविहीन र जोखिममा बसेका परिवारलाई पुनस्र्थापना, कृषि उपजमा भएको क्षतिको क्षतिपूर्ति तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा जुट्न ढिलो भइसकेको नेम्वाङको भनाई छ । सरकारले यथोचित सहयोग नगरेको अवस्थामा आफ्नो दलको तर्फबाट सानो भएपनि सहयोग लिएर आएको उहाँले वताउनुभयो । प्रभावित क्षेत्रको प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले स्थलगत निरीक्षण गरेपनि प्रभावितलाई सहयोग प्राप्त नहुनु चिन्ताजनक भएको नेम्वाङको भनाई छ ।

एमाले केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले बाढी र पहिरोका कारण भएको क्षतिको ब्यवस्थित विवरण तयार पारी तत्कालै राहत र क्षतिपूर्ति दिने तथा घरबारविहीन र जोखिममा रहेका परिवारको पुनस्र्थापनामा ढिलाई गर्न नहुने वताउनुभयो । यसका लागि सरकारी निकायहरुवीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले वताउनुभयो ।

एमाले पाँचथरको टोलीले आइतवार जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ३ गुम्बाडाँडा र वडा नं. ४ च्याप्लुङमा कार्यक्रमको आयोजना गरी मृतकका परिवार तथा बाढी पहिरो प्रभावित परिवारसँग भेटघाट गरेको थियो । सोमबार भने जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. १ सराङडाँडाको दुर्गा माध्यमिक विद्यालय, वडा नं. ४ मा रेडक्रस सोसाइटी उपशाखाको भवन, वडा नं. ५ चिसापानी पञ्चमी बजार र वडा नं. ७ लेखगाउँमा विस्थापितहरु बसेको स्थानमा पुगी प्रभावित परिवारलाई भेटघाट गरी सहयोग हस्तान्तरण गरेको हो ।

यस क्रममा एमाले पाँचथरले राहत वितरणका क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीसँग सीमा जोडिएको इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ६ मा पहिरोमा परी मृत्यु भएका एकै घरका चार जनाका परिवारका अन्य सदस्यलाई रु. पाँच हजारका दरले रु. २० हजार राहत रकम उपलब्ध गराएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. २ का अध्यक्ष एवं नेपाली काँग्रेस मिक्लाजुङ गाउँपालिकाका सभापति सन्तोष शेर्माले विपतबाट प्रभावितलाई सहयोग गर्न सबै दलहरु र सामाजिक संघ संस्थाहरु सक्रिय हुँदा खुशी लागेको वताउनुभयो । तर प्रभावितहरुले झण्डै एक महिनादेखि कष्टकर जीवन विताइरहँदा पीडितले सरकारी सहयोग नपाएको वताउँदै शेर्माले विगत चार वर्षमा भएको विकास बाढी र पहिरोका कारण क्षतविक्षत भएकाले पुनर्निर्माणका लागि विशेष प्याकेजको ब्यवस्था गर्न सरकारसँग माग गरिदिन प्रतिनिधिसभा सदस्य नेम्वाङलाई आग्रह गर्नुभयो । मिक्लाजुङ गाउँपालिकामा मात्रै २२ जनाको मृत्यु हुनुका साथै ३३८ परिवार विस्थापित भएको उहाँले जानकारी दिनुभयो ।

एमालेको टोलीले पहिरोमा परी वेपत्ता इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीद्वय रविन राई र ठाकुरप्रसाद याख्खाको परिवारलाई समेत मिक्लाजुङ–६ चिसापानी पञ्चमी बजारमा भेटघाट गरेको छ । भेटघाटका क्रममा वेपत्ता रविन राईकी श्रीमती रमा राईले वेपत्ताको थप खोजी हुनुपर्ने आफूहरुको माग रहेको वताउनुभयो । साभार–Mechipost.com/Rabindra kafle

सम्बन्धित खबरहरु

Being a Webcam Version

३० कार्तिक २०७८, मंगलवार १७:३९
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

३० कार्तिक २०७८, मंगलवार १७:३९
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

३० कार्तिक २०७८, मंगलवार १७:३९
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

३० कार्तिक २०७८, मंगलवार १७:३९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

३० कार्तिक २०७८, मंगलवार १७:३९
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

३० कार्तिक २०७८, मंगलवार १७:३९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.