Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

महिला अभिनित ‘शो’ र चलचित्र प्रसारण नगर्न तालिबानको निर्देशन

सुमन सहयात्री सुमन सहयात्री
६ मंसिर २०७८, सोमबार २०:४९
विदेश
महिला अभिनित ‘शो’ र चलचित्र प्रसारण नगर्न तालिबानको निर्देशन

#अन्तर्राष्ट्रिय समाचार

काठमाडौं – तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई ‘अनैतिक देखिने’ र महिना अभिनित कार्यक्रम टेलिभिजनमा प्रसारण गर्न नपाइने भन्दै निर्देशन जारी गरेको छ ।

आइतबार तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई विभिन्न धार्मिक निर्देशिका जारी गर्दै महिलाले अभिनय गरेका कार्यक्रम तथा टेलीश्रृंखला प्रसारण नगर्न भनेको हो । निर्देशिकालाई बाध्यात्मक आदेश भन्दा पनि ‘धार्मिक निर्देशिका’को रुपमा लिनुपर्ने पनि तालिबानको भनाइ छ ।

तालिबानको सदाचार प्रवर्द्धन तथा दुष्कर्म रोकथाम मन्त्रालयले जारी गरेको निर्देशिकामा ८ वटा नियम छन् । यसमध्ये इस्लामिक वा अफगान मूल्य-मान्यताविपरीतका चलचित्र वा शोमाथि प्रतिबन्ध लगाउनुपर्ने नियममा उल्लेख छ ।

त्यस्तै, पैगम्बर मोहम्मद वा सम्मानित अन्य धार्मिक व्यक्तिलाई टेलिभिजनमा देखाउन नहुने समेत निर्देशिकामा भनिएको छ । मन्त्रालयद्वारा जारी निर्देशिकाअनुसार इस्लाम धर्म वा शरिया कानुनको अपमान गर्ने वा अफगानिस्तानको अपमान गर्ने खालका हास्य एवं मनोरञ्जनात्मक सामग्री पनि टेलिभिजनमा देखाउन पाइने छैन ।

टेलिभिजनमा पुरुषको नग्न शरीर देखाउने समेत अनुचित भएको मन्त्रालयको भनाइ छ । यसबाहेक, मन्त्रालयको निर्देशिकामा टेलिभिजनका महिला पत्रकार तथा प्रस्तोताले हिजाब लगाएर मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यसअघि अमेरिकी सेनाको बहिर्गमनसँगै २० पछि पुन: सत्तामा आएको तालिबानले महिलालाई विद्यालय जानबाट रोकेको थियो । तालिबानले १९९० को दशकमा समेत आफ्नो सत्ता हुँदा महिलालाई शिक्षा लिन र काम गर्नबाट बञ्चित गरेको थियो । – अनलाइनखबर

सम्बन्धित खबरहरु

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

६ मंसिर २०७८, सोमबार २०:४९
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

६ मंसिर २०७८, सोमबार २०:४९
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

६ मंसिर २०७८, सोमबार २०:४९
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

६ मंसिर २०७८, सोमबार २०:४९
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

६ मंसिर २०७८, सोमबार २०:४९
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

६ मंसिर २०७८, सोमबार २०:४९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.