पाँचथर – माओवादी केन्द्र याङ्वरकको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । अर्जुन बेघालाई अध्यक्षमा निर्वाचित गर्दै याङवरक अधिवेसन सम्पन्न भएकाे छ ।
शनिवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) याङवरक गाउँपालिकाको ऐतिहासिक प्रथम पालिका सम्मेलन सम्पन्न भएकाे हाे । अधिवेसनबाट निर्वाचित कमिटीकाे अध्यक्षमा अर्जुन बेघा,उपाध्यक्षहरुमा महेन्द्र याेङ्या,इन्दिरा पाेखरेल र तेजेन्द्र राई रहेका छन् । सचिवमा सुर्यमान बेघा,सह सचिवमा तेजकुमार बेघा र काेषाध्यक्षमा शान्ति लिम्बू सेवा सहित ५५ सदस्यीय पालिका कमिटी निर्वाचित गरेकाे हाे ।
उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ६० जना भन्दा धेरै माओवादी केन्द्रमा प्रवेश गरेकाे नव निर्वाचित उपाध्यक्ष महेन्द्र याेङयाले जानकारी दिनुभयाे । माओवादी केन्द्रकाे देशभर एकैसाथ पालिका अधिवेसन चलिरहेकाे छ । याङवरक गाउँपालिकाकाे अधिवेसन उदघाटन गर्दै नेता सुर्यमान जवेगुले माओवादी पार्टी देशकाे सबैभन्दा ठुलाे पाटी बनाइने बताउनुभएकाे छ ।
Discussion about this post