काठमाडौ – लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ’सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । मंगलबार चलचित्र निर्माण कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ ।
याक्थुङ फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ् चेम्जोङ्ले चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रमा हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पुर्णबहादुर सेलिङ निर्माता रहेका बताइएको छ ।
लिम्बु जातीमा छोरीचेलीको हक, अधिकार, संरक्षण र सम्बर्द्धनको लागि हारेक माइतीले लिइने रीत ‘सुनौली रुपौली’को बिषयमा बन्न लागेको चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ । चलचित्रमा भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङ लगायत कलाकारहरुको अभिनय रहने बताइएको छ भने केही कलाकारहरु प्रतिस्पर्धा मार्फत छनौट गर्ने निर्देशक चेम्जोङले बताए ।
Discussion about this post