प्युठान – टिपरले अटोलाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन् ।
जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा परी ३४ वर्षीय पुनम थापा, ११ वर्षीय दुर्गा थापा र १३ वर्षीय सुस्मा थापा घाइते छन् ।
घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी थापाले बताए।
सबै घाइते र मृतक एकै घर परिवारका व्याक्ती भएको प्रहरीले जनाएको छ ।
Discussion about this post