Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पूर्व शिक्षक सेलिङ्‌को शिक्षा संस्मरण विमोचन

सुमन सहयात्री सुमन सहयात्री
२४ मंसिर २०७८, शुक्रबार १५:३६
देश
पूर्व शिक्षक सेलिङ्‌को शिक्षा संस्मरण विमोचन

काठमाडौ – शिक्षा अभियन्ता भीमकुमार सेलिङ्‌को शिक्षा संस्मरण कृति “शिक्षामा चवालिस वर्ष” एक कार्यक्रमबीच मङ्सिर २३ गते बिहीबार यलखिम् ललितपुरमा विमोचन भएको छ ।

माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री भवानी प्रसाद खापुङ्‌को प्रमुख आतिथ्यमा विमोचित उक्त कृतिप्रति समीक्षा तथा शुभकामना समेत व्यक्त गरिएको छ । लिम्बुवान, पान्थरको याङ्वारक गाउँपालिका ओयाम निवासी चौहत्तर वर्षीय लेखक भीमकुमार सेलिङ्ले उक्त कृतिमा आफ्नो चवासिल वर्षे शिक्षक जीवन तथा शैक्षिक अभियानको ऐतिहासिक संस्मरण प्रस्तुत गरेका छन् । कृतिको विमोचन गर्दै प्रमुख अतिथि राज्यमन्त्री खापुङ्ले नेपालको हरेक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण ऐतिहासिक भूमिका र योगदान रहेको चर्चा गर्दै लेखकको यस कृतिले पाँचथर ओयामको त्यस्तै योगदानको ऐतिहासिक अभिलेख राखेको बताए ।

कार्यक्रममा समीक्षात्मक टिप्पणी राख्दै युवा कवि स्वप्निल स्मृतिले सेलिङ्‌को सो आत्मसंस्मरण कुनै बनिबनाउ साहित्य नभइ यथार्थ भोगाइ र योगदानको सही अभिलेख भएको बताए । कृतिप्रति शुभकामना मन्तव्य राख्ने क्रममा रङ्‌गवादी साहित्यकार तथा याक्थुङ लेखक संघका सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङ्ले उक्त कृति शैक्षिक जगतको सबाल्‌र्टन आवाज र अभिलेख भएको बताए । सोही कार्यक्रममा आफ्नो विचार राख्दै मदन पुरस्कार विजेता तथा आदिवासी जनजाति लेखक महासंघका अध्यक्ष राजन मुकारुङ्ले यस्तै सिमान्त क्षेत्र र पक्षका कृतिले मात्र नेपालको वास्तविक शैक्षिक इतिहास र अवस्थाको प्रतिविम्ब उत्तार्दै सही दिशानिर्देश समेत गर्ने दावी गरे । अर्का मदन पुरस्कार विजेता पूर्व प्र.जि.अ. भगिराज इङ्नामले यो कृति एक जीवन्त सुब्बा परिवारको कृति भएकाले यसले लिम्बु सुब्बाप्रथा र परिवारको यथार्थ चित्रण समेत गर्न सकेको बताए । कार्यक्रममा नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ् र पूर्वउपरथी होमकुमार लावतीले समेत शुभकामना मन्तव्य राखेका थिए । कृतिका प्रकाशक ओयाम सरोकार समाज, काठमाडौँको आयोजना र अध्यक्ष खिम सेलिङ्‌को सभाध्यक्षता तथा उपाध्यक्ष सर्मिला न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव विष्णु शंकरले गरेका थिए ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२४ मंसिर २०७८, शुक्रबार १५:३६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२४ मंसिर २०७८, शुक्रबार १५:३६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२४ मंसिर २०७८, शुक्रबार १५:३६
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२४ मंसिर २०७८, शुक्रबार १५:३६
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२४ मंसिर २०७८, शुक्रबार १५:३६
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ मंसिर २०७८, शुक्रबार १५:३६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.