काठमाडौं – अखिल नेपाल लेखक संघको अध्यक्षमा डा. धनप्रसाद सुवेदी निर्वाचित भएका छन् । बुधबार पेरिसडाँडामा सम्पन्न संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट सुवेदीको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा स्वप्नील स्मृति, केशवलोचन शर्मा, सुमित्रा वाङ्देल ‘चेली’ र रामहरि श्रेष्ठ चयन भएका छन् । यस्तै महासचिवमा नारायण मरासिनी, सचिवहरूमा कौशिला रिसाल, जीत अधिकारी, लोक लामा, पञ्चकुमारी परियार तथा कोषाध्यक्षमा प्रकाश तिवारी निर्वाचित भएका छन् ।
अखिल नेपाल लेखक संघ नेकपा माओवादी केन्द्र निकट साहित्यकारहरूको संगठन हो ।
याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
Discussion about this post