छथर/दिल साङ्वा – नेपालको पूर्व क्षेत्रमा मूल थाकथलो भई संसारका विभिन्न क्षेत्रमा छरिएर बसोवास गरेका लिम्बू समुदायहरुले आफ्नो मौलिक चाड चासो? तङ्नाम् हरेक वर्षको मंसिरे पूर्णिमाको दिनदेखि ३/४ दिनसम्म हर्सोल्लासका साथ मनाउने गर्दछन् ।
यसै अवसरमा तेह्रथुमको छथर, हमरजुङमा रहेको एेतिहासिक हाङ्मालुङ्मा भव्य रुपमा चासो? तङ्नाम् मनाइएको छ । एेतिहासिक हाङ्मालुङ् संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सांस्कृतिक प्रबर्द्धन र एेतिहासिक हाङ्मालुङ्लाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले यहि क्षेत्रमा आयोजना गरिएको संस्थाका अध्यक्ष योगेन्द्र साङ्वाले वताउनु भएको छ ।
सांस्कृतिक पर्यटन विकासको लागि यस आर्थिक वर्षमा केही पूर्वाधारको काम गरिने र पाकेका अन्नबाली प्रकृतिलाई चढाएर मानिसले ग्रहण गर्ने यो प्रकृतिमैत्री चाडलाई आगामी वर्षदेखि नियमित रुपमा आयोजना गरिने समाजसेवी तथा संस्थाका सदस्य कुल बहादुर साङ्वाले वताउनु भयो ।
कार्यक्रममा सामुहिक चासो? थिसो? अनुष्ठान गरी च्याब्रुङ नाच, धाननाच समेत प्रस्तुत गरिएको थियो ।
Discussion about this post