दमाम – साउदी अरबको पूर्विय प्रान्त दम्मामको अल फैसलिहा स्थित एक दिने श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहजीकरण र नेपाली दूतावास रियादको आयोजनामा २४ डिसेम्बर २०२१ शुक्रवारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेलको नेतृत्वमा द्वितीय सचिव टिकाराम उपाध्याय, पूर्वी क्षेत्र दम्मामका लागी नेपाली दूतावास रियादका जनसंपर्क अधिकारी नारायण पासवान सहितको टोलीले मुख्यतः धेरै नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको प्रतिनिधि श्रमिकहरूलाई साउदीअरबको कानुनबारे जानकारी गराउँदै सचेत र सजग रहन सुझाएका छन् ।
केही सामान्य बेवास्ता तथा लापार्वाहीका कारण विभिन्न जटिल समस्याहरूको उदाहरणहरू दिँदै केही लाभको लागी कुनै पनि लापार्वाही नगर्न आग्रह गरेका छन् भने कुनै पनि समस्या वा उजुरी रहेमा नेपाली दूतावासलाई पत्राचार/ई-मेल मार्फत लिखित उजुरी गर्न दूतासको तर्फ बाट आग्रह गरिएको छ ।
दूई सय भन्दा बढी प्रतिनिधि श्रमिकको उपस्थिति रहेको उक्त कार्यक्रममा सहजीकरणको लागी एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज थापा, एनआरएनए साउदीका अध्यक्ष डम्मर कुमार यादव लगायतका राष्ट्रीय, क्षेत्रिय र स्थानिय तहका पदाधिकारीहरू संगै विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उस्थिती रहेको थियो ।
Discussion about this post