तेह्रथुम/दिल साङ्वा – याक्थुङ साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगेन साङ्वाले २,६१६५६ वरावरको आय व्यय प्रस्तुत गर्नुभएको थियो भने संस्थागत प्रतिवेदन दिल साङ्वाले प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा दिल साङ्वाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ समितिको उपाध्यक्षमा टोम साङ्वा महासचिव नगेन साङ्वा, सचिवमा गोविन्द साङ्वा र कोषाध्यक्षमा मन कुमारी साङ्वा चयन हुनुभएको छ । साथै कर्णलाल साङ्वाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गरिएको छ ।
झापा जिल्ला अध्यक्ष प्रेम साङ्वा, पान्थर जिल्ला सचिव ओमराज साङ्वा, धनकुटा जिल्ला अध्यक्ष धनविर साङ्वा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गोविन्द साङ्वाले गर्नु भएको थियो ।
सभामा बोल्दै दिल साङ्वाले भन्नुभयो संस्थाको काम वंशावली बनाउने मात्र होइन तर वंशावलीको काम पहिलो चरणमा सम्पन्न गर्नुपर्ने भएकोले आगामी एक वर्षभित्र साङ्वा वंशावलीको पहिलो संस्करण प्रकाशन गरिसक्ने, यसको लागि नामावली संसोधन र साङ्वा इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
Discussion about this post