काठमाडौ – कैलालीसँग जोडिएको कञ्चनपुरको गौरीफन्टाबाट बेचबिखनका लागि भारततर्फ लैजादै गरेको अवस्थामा एक युवतीको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरबाट गौरीफन्टा नाकामा खडा गरिएको चेकप्वाइन्टको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरिएको जनाएको छ ।
ती युवतीलाई ललाइफकाइ गरेर भारत लगिरहेको अवस्थामा उद्धार गरेर सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको राजिस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Discussion about this post