कविता `परदेशी´
मोहन माबोहाङ
हिड्नु छ
क्षितिज पारी
बिरानो बिरानो समुन्द्र पारिको देशमा
हेर्दै आशातित किरणहरु
म एउटा परदेशी
जीवन यात्राको क्रममा
अभावका सिडि हरु उक्लन्दै
बाँकि दिन हरुलाई
निरन्तरता दिई रहेको छु ,
कठोर आदेश हरुको पालना गर्दै
कुनै यन्त्रमानव झैं
यन्त्र चालित मेसिन झैं
रिमोट कन्ट्रोल रुपि
मालिक को आदेश पालना गर्दै
सम्झन्छु त्यो अभावले
सताइएका दिन हरु
अनि मुटु निचोरेर सम्झौता गर्छु
बर्तमान समय र परिस्थिति संग
सपनाहरू को सुन्दर शहर खोज्दै
हरेक रात अनिन्दो भएर
टोलाई रहेका आँखा हरु
अनायासै रसाउछन
आँसुको भेल बनेर
निथ्रुकै भिजेका हुन्छन् सिरानी हरु ,
यहाँ क्रुद्ध बाध्यताले
हजार चाहाना हरुलाई ,
घाटी निमोटी,निमोटी हत्या गरिदिदा ,
तिनै सहिद चाहाना हरु
तिनै भत्किएको मन हरु
कसैको दुःख बाँड्ने गित बन्यो
कसैको रहर मार्ने संगित बन्यो
कसैको ईच्छा पूर्ती गर्ने टार बन्यो
साकार कहिले भएन
चाहाना ,चाहानानै रह्यो
सपना ,सपनानै रह्यो ।
याङ्वरक ५ पान्थर ।
Discussion about this post