Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

हतियारसहित नेपालमा चार भारतीय अपराधी पक्राउ

सुमन सहयात्री सुमन सहयात्री
१६ पुष २०७८, शुक्रबार १५:४६
अपराध, देश, सुरक्षा
हतियारसहित नेपालमा चार भारतीय अपराधी पक्राउ

अटोमेटिक पेस्तोल सहित पक्राउ गरेका दुई भारतीय युवासहित पाँच दिनको अन्तरालमा हतियारसहित चार भारतीय युवा नेपालमा पक्राउ परेका छन् ।

गोली लोड गरेको अटोमेटिक पेस्तोलसहित पक्राउ ती युवाहरु नेपालमा अपराध गर्न प्रवेश गरेको हुन सक्ने प्रहरीलाई सूचना प्राप्त भएको छ। बिहीबार साँझ बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ नहरचोकबाट पक्राउ परेका दुई युवासहित गएका पाँच दिनमा गोली लोड गरिएको हतियारसहित भारतका चार युवा नेपालमा पक्राउ परेका हुन्।

अपराधका लागि नेपाल प्रवेश गरेको भारतको पूर्वी चम्पारण मोतिहारी डेकाग्राम पञ्चायत वडा नम्बर १३ बस्ने २१ वर्षीय चन्दन राम र सोही ठाउँका २० वर्षीय अभिशेक कुमारलाई बिहीबार साँझ छिन्नमस्ता बाहिनीको स्क्वाडेका टोलीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लियो।

पक्राउ परेकामध्ये एकजना पेशेवर रहेको हुन सक्ने सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति तथा प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगरले बताए।

अभियुक्तसँग बरामद सामान

बिहीबार साँझ पक्राउ परेका ती अभियुक्तको साथबाट अटोमेटिक युएसए लेखेको एक थान पेस्तोल, ७.६५ एमएम राउण्ड २ थान, त्यसको म्याग्जिन १ थान, चक्कु एक थान, मनिपर्स एकथान, भारतीय रुपैयाँ ६ सय २ रुपैयाँ, लागुऔषध गाँजा २०० ग्राम, आधार कार्ड २ थान, एटिएम कार्ड १ थान, भारतीय सवारी चालक अनुमति पत्र १ थान र भाट लेखिएको रु. एकको सिक्का १ थान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरु बीआर ५०५ एजे ४४२० को भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी नेपाल प्रवेश गरिसकेका थिए। सशस्त्र प्रहरीलाई प्राप्त सूचनाअनुसार पक्राउ परेको बाहिनीपति प्रहरी नायव महानिरीक्षक मगरले बताए।

सुनसरीबाट पनि समातिएका थिए दुई भारतीय

केही वर्षदेखि भारतीय अपराधीहरू नेपाल छिर्ने क्रम पातलिएको भए पनि गएको १२ गते पनि सुनसरीको लौकहीको प्रहरी टोलीले भारतको बिहार अररिया, बासमटियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्‍सारीलाई पनि लोड गरिएको दुई थान पेस्तोलसहित स्थानीय बीएस होटलबाट पक्राउ गरेको थियो।

त्यसको भोलिपल्ट सुनसरीकै इटहरी उपमहानगरपालिका १२ खनारबाट पनि कोशी गाउँपालिकाका एक युवक गोली लोड गरिएको पेस्तोल र म्याग्जीन सहित पक्राउ परेका थिए। त्यसै गरी गएको पुस ११ गते पनि धनुषाबाट लोड गरिराखेको पेस्तोल मात्र बरामद भएको थियो।

अभियुक्त भने भाग्न सफल भएका थिए। यसरी पाँच दिनको अन्तरालमा गोली लोड गरिएका पाँच साना हतियार र चार भारतीय सहित एक नेपाली पक्राउ पर्नुले सीमावर्ती जिल्लामा फेरि भारतीय अपराधीहरुको आगमन हुन थालेको अनुमान प्रहरीले गर्न थालेको छ।

सुनसरीमा पक्राउ परेका राम र अन्सारी पनि भारतीय नम्बर बिआर ५० के ०१४९ को मोटरसाइकलबाट नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

थप अनुसन्धान नेपाल प्रहरीबाट हुने

सशस्त्र प्रहरीले अभियुक्तहरुलाई हतियारसहित पक्राउ गरे पनि त्यसको थप अनुसन्धान गर्ने पाटो नेपाल प्रहरीको हो। बिहीबार बारामा पक्राउ परेका राम र अभिशेक कुमारलाई पनि सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लसहितको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीको स्क्वाडमा खटिएका सशस्त्र प्रहरी हवल्दार अशोक साह सोनारको कमाण्डको १४ जनाको संयुक्त टोलीले बीओपी गोलागञ्ज बारामा ल्याई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ।

सीमाको सुरक्षा गर्ने काम सशस्त्र प्रहरीले गर्ने हुँदा उनीहरुले नियन्त्रणमा लिएका अभियुक्तहरुलाई पनि नेपाल प्रहरीको जिम्मा लगाउने चलन छ। समाजमा अपराध गर्नेको सूक्ष्म अनुसन्धानको पाटो नेपाल प्रहरीको भएकोले उनीहरूलाई नै सशस्त्रले बुझाउने गरिएको छिन्नमस्ता बाहिनीले जनाएको छ । (थाहा खबर)

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१६ पुष २०७८, शुक्रबार १५:४६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१६ पुष २०७८, शुक्रबार १५:४६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१६ पुष २०७८, शुक्रबार १५:४६
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१६ पुष २०७८, शुक्रबार १५:४६
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१६ पुष २०७८, शुक्रबार १५:४६
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१६ पुष २०७८, शुक्रबार १५:४६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.