कतार – संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ३१ डिसेम्बर २०२१ शुक्रबार का दिन हामद मेडिकल कर्पोरेशन को एच एम सि रक्तदान सेन्टरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
स्थापनाकाल देखी नै प्रवास कतारमा रहेका नेपाली समुदायविच सामाजिक कार्यमा अग्रसर भुमिका निर्वाह गरिरहेको संघीय लिम्बुवान सामाजिक मञ्च कतारले विगतका वर्षहरुमा पनि रक्तदान जस्तो मानविय कार्यहरु गर्दै आएको छ ।
“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रमा ६७ जनालाई रक्तदानका लागि परिक्षण गरिएको भए पनि ५७ प्रतिशत मात्र रक्तदान गर्न योग्य भएका थिए ।
उपचारका क्रममा रहेका बिरामीहरुले रगत अभावका कारण अकालमा ज्यान गुमाउनु नपरोस भन्ने हेतुले नितान्त मानविय सेवाका लागि थोरै भएपनि सेवा पुर्याउ भन्ने भावनाले संघीय लिम्बुवान सामाजिक मञ्च कतारले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान जस्तो मानविय कार्यमा सरिक भई सहयोग पुर्याउनुहुने सहभागी महानुभाव, संघसंस्था प्रति आभार व्यक्त गर्दै आगामि दिनहरुमा पनि मञ्च कतार द्धारा आयोजना गरिने यस्ता सामाजिक एवं मानविय कार्यहरूमा निरन्तर सहयोग पुर्याई रहन मञ्चकी अध्यक्ष रेखा राईले सबैलाई आग्रह गरिन ।
Discussion about this post