काडमाडौं – सप्तकोशी नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय सुभाष बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाका २८ वर्षीय हरिशङ्कर चौधरी रहेका छन् ।
दुवै जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । चौधरीले चलाएको को २२ प १५५८ नम्बरको तथा बस्नेतले चलाएको स ५ प ३११८ नम्बरको मोटरसाइकल शनिबार राति कञ्चनपुर–फत्तेपुर सडक खण्डको सप्तकोशी नगरपालिका–४ तुलसी चोकमा आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता, उनका छोरा आठ वर्षीय समर र छोरी एक वर्षीया सिम्रिका घाइते भएका छन् । यस्तै चौधरीले चलाएको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–९ का ३५ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन् ।
Discussion about this post