काठमाडौँ – कपनमा सँगै बस्दै आएका युवायुवती मृत फेला परेका छन् ।
बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकै भाडामा बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमी सँगै बस्न थालेको दुई-तीन हप्ता भएको प्रहरीले जनाएको छ ।
Discussion about this post