Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेटवर्किङ व्यवसायबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

सुमन सहयात्री सुमन सहयात्री
२८ पुष २०७८, बुधबार १९:२९
Uncategorized, देश
नेटवर्किङ व्यवसायबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं – पछिल्लो समय नेटवर्किङ व्यवसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न नेटवर्किङ व्यवसायहरुमध्ये जोसियल पनि एक हो । जोसियल नामक अनलाइन नेटवर्किङ व्यवसायका एजेण्टहरुबाट नेपालीहरु ठगीदै आएका छन् ।

चितवनका रामप्रसाद कँडेल नाम गरेका जोसियलका एक एजेण्टले बुटवलबाट मात्रै करिब एक करोड बराबरको रकम ठगी गरेको ठगीमा परेका बुटवलवासीको अनुमान छ । आफू बसेको टोलबाट मात्रै १० लाख ठगी भएको उनीहरुको भनाइ छ ।

रामप्रसादले सुरुमा उक्त व्यावसायमा लाग्न उक्साएर सोझासिधा व्यक्तीहरुबाट लाखौं रुपैया संकलन गरेपछि अहिले सम्पर्कवीहिन भएको बुटवलका पीडितहरुको गुनासो रहेको छ ।

नेपालको विभिन्न स्थानहरूमा जोसियल सम्बन्धी तालिम दिँदै हिड्ने रामप्रसादले प्रशिक्षणको क्रममा लाखौं करोडौं कमाउन सकिने आश्वासन दिएका थिए । ‘सुरुमा त मलाई पनि विस्वास लागेको थिएन, तर नेपाल सरकारबाट मान्यताप्राप्त हो भनेर जोसियल कम्पनीको प्रमाणपत्र देखायो । र, मैले चिनेकै मान्छेले राम्रो हुन्छ भनेर आफ्नो अकाउन्टमा आएको डलर देखाएपछि होला जस्तै लाग्यो ।’, एक पीडितले बताए । ‘तर यहाँको सोझासाझा सबैलाई प्रलोभनमा पारी फसाएर गयो ।’,उनले थपे । एनसीसी बैंकमा रामप्रसादको नाममा रहेको खाता नम्बर ८०००११७४६० मा पीडितहरुले पैसा जम्मा गरेका थिए ।

पीडितहरुका अनुसार सुरुमा सदस्यता लिन ६० डलर अर्थात नेपाली रुपैयाँ ८ हजार एक कसय लाग्ने त्यसपछि जोसियलको विज्ञापन हप्तामा २ वटा पोस्ट गर्न पाइने र २ वटा पोस्ट गरेको १० डलर प्राप्त हुने त्यो ३५ दिनमा पाइने भनिएपछि उनिहरुले त्यसै गर्न थालेका थिए ।

जोसियल सम्बन्धि सामग्रीहरु खोज्ने क्रममा दर्पणछाँया नामक अनलाइनमा एक लेख भेटियो । उक्त लेखमा पीडितहरुले बताए जस्तै जोसियलमा सदस्यता दिने तरिकादेखि लिएर कति आम्दानी हुने कुराहरु उल्लेख गरिएको छ । २०७८ जेठ १३ गते प्रकाशन भएको उक्त लेखमा १० जुन २०२१ सम्म मात्रै उक्त बोनसको समयसीमा रहेको उल्लेख गरिएको छ । भिडियो सहित शेयर गरिएको उक्त लेखमा अहिले भिडियो भने उपलब्ध छैन । १८ जना वा सोभन्दा बढी मान्छे जोडेमा मासिक ३०० देखि ४०० डलरसम्म पाइने उल्लेख छ । कमेन्ट सेक्सनमा प्रायः यो राम्रो व्यवसाय रहेको र सदस्यता लिने तरिकाहरु सिकाइएको छ ।

एजेण्टहरुले पनि प्रशिक्षणको क्रममा यहि कुरा बताउने गरेको पीडितहरु बताउछन् । प्रशिक्षणको क्रममा एजेण्डहरुले किन अरुलाई फाइदा गराउने ? भनेपछि मासिक ३०० देखि ४०० डलरसम्म पाइने प्रलोभनमा परी बुटवलका कतिले आफ्नै परिवारको सबै सदस्यलाई जोसियलको सदस्य बनाएका थिए । सदस्यताका लागि आवश्यक पर्ने रकम चितवनका एजेण्ट रामप्रसादको खाता नम्बरमा लगाइदिएको पीडितहरुले बताए । ‘जब पैसा उसको खातामा जम्मा भयो, त्यसपछि रामप्रसाद सम्पर्कविहिन जस्तै बन्न थाले । ‘एकपटक फोन रिसिभ गर्‍यो तर के गर्न सक्छस गर् भन्न थाल्यो, त्यसपछि मात्रै थाहा भयो हामी फसेछौं भन्ने कुरा । उनले प्रशिक्षण दिँनेक्रममा खिचिएको तस्विरहरु पनि छन् । उनी आफै त्यसरी प्रशिक्षण दिन बुटवल आएका थिए ।’ अर्का एक पीडितले बताए ।

पीडितका अनुसार रामप्रसादले ३५ दिनमा पैसा आउछ, ३ महिनामा डबल आउछ भनेका थिए । तर ७ महिनासम्म पनि पैसा नआएपछि प्रश्न गर्दा उनी सम्पर्कवीहिन हुन थाले ।

सदस्यता दिएपछि डलर देखाउने तर त्यो निकाल्न नमिल्ने रहेछ । जब ६० डलर पुग्छ त्यसले अर्को सदस्य बनाएर उसलाई त्यो डलर ट्रान्सफर गर्ने अनि ऊ बाट आफूले पैसा असुल्नुपर्ने रहेछ । यो सरासर ठगी काम रहेछ, तर एजेण्टहरुले यी कुराहरु बताएनन्, सदस्यता लिएको पैसा ३ महिना पुगेपछि डबल आउछ मात्रै भने ।’ अर्का पीडितले थपे ।

त्यस्तै, जोसियलका अर्का एजेण्ट हुन्, माधव सिवाकोटी । आफ्नो मुनी १८ जना लेफ्ट एन्ड राइट बनाए गोल्ड मेम्बर हुँदै ब्राण्ड एम्बेस्डर बनिने र त्यसपछि महिनाको लाखौं आउँछ भन्ने प्रलोभन देखाएपछि १८ जना सदस्य पुर्‍याउनका लागि भनिएको रकम पीडितहरुले सनराइज बैंकको माधव सिवाकोटीको नाममा खोलिएको खाता नम्बर १२५०७३३३४३२०५००१ मा पनि डिपोजिट गरेका थिए । सिवाकोटीको फेसबुक टाइमलाइनमा प्रायः जोसियलसम्बन्धि सामग्रीहरु राखेका हुन्छन् । केहि महिना अघि मात्रै जोसियल नेटवर्किङ व्यवसाय सम्बन्धमा भारतमा गरिएको कार्यक्रमको सामग्री उनको टाइमलाइनमा ट्याग भएका छन् ।

आफ्नो मुनि १८ जना सदस्य बनाएको खुशियाली मनाउनुपर्छ भनेर पीडितहरुलाई ती एजेण्टहरुले केक काट्न लगाएपछि पीडितहरुले केक काटेर खुशियाली मनाएका थिए । त्यो देखेपछि अन्यमा पनि अझ विश्वास बढेर गएपछि धेरैजनाले जोसियलका सदस्यता लिएका थिए । जोसियलप्रति अझ विश्वास बढाउन बुटवलका केहि व्यक्तिहरुलाई तालिम दिन भनेर भारत लगेका थिए । तर तालिमका लागि भारत पुगेका एक व्यक्तिका अनुसार त्यहाँ तालिम दिइएन, रमाइलो मात्रै गराइयो । त्यहि कसरी अझ धेरैलाई ठगी गर्न सकिन्छ भन्ने सिकाए । भारतमा जाँदाआउदा र बस्दाको खर्च सुरुमा कम्पनीले व्यहोर्ने भने पनि अन्त्यमा आफैलाई तिराएका थिए ।

कम्पनीको तर्फबाट एजेण्टहरुले फेसबुकमा प्रमाणपत्र पनि पठाइदिने गरेका छन् । यसरी झुटो आश्वासन देखाइ लाखौं ठगिएको थाहा पाएपछि पीडितहरु आक्रोशित भएका छन् ।

‘सुरुमा वालेटमा १०० डलर पुगेपछि निकाल्न मिल्छ भनेका थिए तर १०० पुग्ने वित्तिकै त्यो डलर देखिन छोड्यो । सोधपुछ गर्दा अहिले सिस्टम चेन्ज भएको हो । पैसा कमाउने लोभमा धेरैले फेक अकाउन्ट बनाउन थालेपछि सिस्टम फेरिएको हो भने । त्यसपछि पहिलाको भन्दा कम डलर आउने बनाउन थाले, पहिला हप्ताको ५ डलर आउथ्यो त्यसपछि हप्ताको ४ डलर मात्र आउन थाल्यो । त्यसबारे फोन गरेर सोध्दा चिन्ता नगर्नु ५० डलर पुगेपछि निकाल्न मिल्छ भन्न थाले । तर ५० डलर पुगेपछि सदस्यता नविकरण गर्न लगायो । त्यसपछि मात्रै झसङ्ग भयौं ।’, बुटवलकै अर्का पीडितले बताए । त्यसरी एजेण्टले ठगी गरेपछि कतिको परिवारमा समास्या आउन थालेको पीडितहरुको गुनासो छ ।

जोसियलको एजेण्टको रुपमा बुटवल पुगेका रामप्रसाद पछिल्लो समय जोसियलको एजेण्टको रुपमा बुटवल पुगेका रामप्रसाद पछिल्लो समय फेरि अर्कै ठगीको योजना लिएर बुटवलस्थीत आफू निकट अर्का एजेण्ट सुनिता गुरुङको घरमा पुगेका थिए । तर पीडितहरुलाई थाहा नपाएको बताए । सुनिता निकटका अनुसार सुनितालाई प्रयोग गरी अन्यलाई फसाइएको थियो । उनी आफै पनि फसेकी छन् ।

सुरुसुरुमा हरेकदिन जसो जुम मिटिङ गर्ने रामप्रसाद उनको खातामा पैसा जम्मा भइसकेपछि भने अहिले सम्पर्कवीहिन छन् । अन्य सोझा नेपालीहरुलाई ठगी गरिरहेको हुन सक्ने एक पीडितको अनुमान छ ।

‘हामी त ठगीयौं, यस्ता किसिमको नेटवर्कीङ व्यवसायको प्रलोभनमा बाँकी कोहि नफसुन् भन्ने उदेश्यले हामी सामुहिक रुपमा उजुरी दिने तयारीमा छौं ।’ एक पीडितले बताइन् ।

कानुन व्यावसायी सुर्य सम्वाहाम्फेका अनुसार नेटवर्कीङ व्यवसाय नेपालमा प्रतिबन्ध छ । पीडितहरुले चाहेको खण्डमा ठगीमा मुद्धा चलाउन सकिन्छ । ठगी गरेको रकम हेरि कम्तिमा पनि ७ वर्षसम्मको जेल सजाय र ठगी गरेको मूल्य अनुसार जरिवाना मागदाबीसहित मुद्दा चालउन सकिने उनको भनाइ छ ।

त्यस्तै, प्रहरी स्रोतका अनुसार यदि पीडितहरुले उजुरी गरेको खण्डमा उनिहरुलाई पक्राउ गर्न सकिनेछ ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२८ पुष २०७८, बुधबार १९:२९

Ostdeutsche Biersorten

२८ पुष २०७८, बुधबार १९:२९

How to pick the Best Data Room Application Developers

२८ पुष २०७८, बुधबार १९:२९

Modern Technologies and BBQ

२८ पुष २०७८, बुधबार १९:२९

The Benefits of a Data Sharing Tool

२८ पुष २०७८, बुधबार १९:२९

Choosing a Virtual Data Room Provider

२८ पुष २०७८, बुधबार १९:२९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.