भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका-७ निवासी १८ वर्षीया सविता रावतको मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो । भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको उनले जानकारी दिइन् ।
स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी संकलन गर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस भएकी थिइन् । किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
Discussion about this post