१५ बर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले एक युवक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानरगरपालिकाका २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यादवले डरत्रास देखाई १५ वर्षीय बालिकालाई पटक-लपटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा यादवलाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
Discussion about this post