धनकुटा – आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । धनकुटा नगरपालिका – ४ छारागाउ बस्ने ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौंबाट फेला पारी पक्राउ गरेको थियो ।
थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी घरभित्र नै गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सिताको शव फेला परेको हो । उनी उपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
Discussion about this post