Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

बलात्कारको भिडियो बनाएर चार वर्षसम्म यौनशोषण

सुमन सहयात्री सुमन सहयात्री
१४ माघ २०७८, शुक्रबार १४:३७
अपराध, देश
बलात्कारको भिडियो बनाएर चार वर्षसम्म यौनशोषण

बलात्कार घटनाका अभियुक्त नुवाकोटका ३१ वर्षीय पशुपति मैनाली पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि पीडितले आफू असुरक्षित बनेको बताएकी छिन् । थुनामा रहँदासमेत विभिन्न नम्बरबाट फोन गरेर निरन्तर धम्क्याएका मैनालीले अहिले मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की दिन थालेको नुवाकोटकै २६ वर्षीया पीडित युवतीको गुनासो छ ।

बलात्कार गरी त्यसको भिडियो बनाएको र चार वर्षदेखि त्यही भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर जबर्जस्ती सम्बन्ध राख्दै आएको जाहेरीपछि प्रहरीले मैनालीविरुद्ध मुद्दा दायर गरेको थियो । जसअनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले १० मंसिरमा जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो । यो मुद्दामा जिल्ला न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले पुर्पक्षका लागि १२ मंसिरमा मैनालीलाई जेल चलान गरेको थियो । यसविरुद्ध उच्च अदालत पुगेका मैनालीलाई संयुक्त इजलासले ६ माघमा एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ७ माघबाट उनी थुनामुक्त भएका हुन् ।

‘पक्राउ परेपछि नै तँलाई मार्दिन्छु भन्ने गरेको थियो । पुलिसले हतकडी लगाएको वेला प्रहरीकै अगाडि पनि धम्की दिएको थियो,’ उनले भनिन्, ‘अहिले छुटेपछि झन् धम्की दिएको छ । मुद्दा फिर्ता नलिए मार्दिन्छु भन्छ । अहिले भनेको नमाने आठ वर्षपछि जेलबाट निस्केर पनि तँलाई मार्छु भन्छ । अहिले यो मुद्दाबाट पछि हटेँ भने पनि उसले मलाई मार्दैन भन्ने के छ ?’

पुर्पक्षका लागि जेलमा छँदा पनि आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिएको पीडितको गुनासो छ । ‘जेलमा त फोन दिइँदैन होलाजस्तो लागेको थियो, तर त्यहाँबाट पनि फोन आयो । नम्बर ब्ल्याकलिस्टमा राखिदिन्थेँ, तर नम्बर फेरी–फेरी धम्की दिन्थ्यो,’ युवतीले भनिन्, ‘अहिले छुटेपछि म झन् असुरक्षित छु । केही दिन संस्थामा बसे पनि अहिले लुकेर बाँच्नुपरेको छ । पीडकको परिवार, हाम्रो गाउँपालिका अध्यक्ष र एकजना सांसदले पनि उजुरी फिर्ता लिन भन्दै फोन गर्नुभएको छ । कति नम्बर फेर्नु ? घरपरिवारबाट पनि सहयोग छैन । माइतीतर्फका मान्छेलाई पनि धम्की दिने गरेको छ ।’

पीडक स्थानीय नेता भएकाले आफूलाई स्थानीय नेताहरूबाट फोन गर्न लगाएर उजुरी फिर्ता लिन, बकपत्र बदल्न दबाब दिने गरेको उनी बताउँछिन् । उनी डरले न गाउँ जान सकेकी छिन्, न नातेदारकोमा नै बस्न सकेकी छिन् । प्रहरीमा उजुरी दिनुअघि केही समय सुदूरपश्चिममा गएर बसे पनि आफूलाई भेट्न पीडक त्यहीँ पुगेको उनी बताउँछिन् ।

सरकारी वकिलले प्रहरीको अनुसन्धानपश्चात् मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३) (ङ) बमोजिम सजाय मागदाबी गर्दै अभियोगपत्र दायर गरेका थिए । उक्त उपदफामा पीडकलाई सातदेखि दश वर्षसम्म कैद हुन सक्ने प्रावधान छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा जम्मा गर्न पनि सरकारी वकिलले माग गरेका थिए ।

तर, उच्च अदालत पाटनका न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेको इजलासले अभियुक्तलाई छाड्न आदेश दियो । आदेशमा भनिएको छ, ‘… मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गराउनुपर्ने अवस्था देखिन नआएकाले प्रतिवादीलाई थुनामा राख्ने गरी तहाँ अदालतबाट मिति २०७८/०८/१३ मा भएको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ । प्रतिवादीउपर परेको जाहेरी र प्रतिवादीले मौकामा बयान गर्दा करणी गरेको स्वीकार गरेको अवस्थासमेतलाई विचार गरी प्रतिवादी पशुपति मैनालीबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु. १ लाख नगद, धरौटी, जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नू ।’ आदेशमा उल्लेख भएको दफा ६८ मा अभियुक्तसँग धरौटी वा जमानत वा बैंक जमानत लिने उल्लेख छ भने ७२ मा यो तोक्ने आधारबारे बताइएको छ ।

यो मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । थुनछेक आदेशका क्रममा जिल्ला अदालतले मैनालीलाई थुनामा पठाएको थियो । आधारबारे जिल्ला न्यायाधीश केशवप्रसाद बाँस्तोलाले गरेको आदेशमा आरोपितले प्रहरीअगाडि बयान गर्दा सहमतिमै करणी गरेको स्विकारेको बताइएको छ । साथै, युवतीको शरीरमा टोकेको चिह्नहरू रहेको र घटना भएको होटेलको कोठाको मुचुल्काले पनि जबर्जस्ती करणी भएको आशंकालाई बल पुग्ने इजलासको ठहर थियो । ‘… तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहेका छन् भन्न सकिने अवस्थाको विद्यमानता देखिन नआएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा’ थुनामा पठाउने आदेश भएको थुनछेक आदेशमा उल्लेख थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ ले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आधारहरूबारे उल्लेख गरेको छ । जसको (१) (ख) मा तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुरमा थुनामा राखी पुर्पक्ष गर्नुपर्ने उल्लेख छ । जसमध्ये एक जबर्जस्ती करणी पनि हो । तर, उच्चले मौकामा बयान गर्दा करणी गरेको भनी स्विकारेका मैनालीलाई धरौटीमा छाडेको हो । उच्चले यसैलाई नै आधार मान्दै यस्तो आदेश गरेको हो । साथै, चार वर्षदेखि जबर्जस्ती करणी गरे पनि १५ कात्तिकमा बल्ल जाहेरी परेकाले पनि मैनालीलाई थुनामा राखिरहनु नपर्ने आदेश गरेको हो । आरोपितको भनाइलाई आधार मानेर पाटन उच्च अदालतले आदेश गरेको छ । ‘… प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मनकामना गेस्टहाउसको २०२ नं. कोठामा सहमतिमा करणी भएको भने तापनि मिति २०७८÷७÷१५ को वारदातको सम्बन्धमा २०७८÷७÷१५ मा नै शारीरिक परीक्षण हुँदा’ पहिलेदेखि नै शारीरिक सम्बन्ध राख्ने गरेकोजस्तो देखिएको आदेशमा उल्लेख गरेको छ । उक्त आदेशमा गेस्टहाउस सञ्चालकले दुवैजना आएको र तीन घन्टा बसेर गएको भनी प्रहरीसमक्ष गरेको बयानलाई पनि आधार मान्दै आरोपितलाई धरौटीमा रिहा गरेको हो ।

उच्च सरकारी वकिलको कार्यालय पाटनले भने अदालतबाट आदेश पठाइएपछि मात्र यस विषयमा के गर्ने भनी निर्णय लिइने जनाएको छ । कार्यालयकी प्रवक्ता मुना पौडेलले भनिन्, ‘अरू मुद्दाहरूमा पनि हाम्रो कार्यालयमा अदालतले फैसला पठाएपछि निर्णय गरिन्छ । कुन आधारलाई टेकेर अदालतबाट फैसला भएको हो त्यो हामी हेर्छौँ । हामीलाई चित्त नबुझे सर्वोच्चमा जाने हो । अन्य मुद्दाझैँ यो पनि कार्यविधिगत रूपमा नै अगाडि बढ्छ ।’

यस्तो छ घटनाको सिलसिला
युवतीको विवाह नौ वर्षअघि नुवाकोटकै एक युवकसँग भयो । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा बाहिर थिए । त्यसै क्रममा तादी गाउँपालिकाकै एक कर्मचारी र युवतीका नातेदार पर्ने अभियुक्त मैनालीले एक रात आफूमाथि जबर्जस्ती करणी गरेको र आफूलाई थाहा नदिई त्यसको भिडियो खिचेको जाहेरी दरखास्तमा उल्लेख गरेकी छिन् ।

त्यसपछि उक्त भिडियो श्रीमान्लाई पठाइदिने धम्की दिँदै पटक–पटक भेट्न बोलाउने, शारीरिक सम्बन्ध राख्ने, नग्न फोटो तथा भिडियो पठाउन दबाब दिने, भिडियो कलमा पनि उस्तै किसिमका दबाब दिने गरेको युवतीको भनाइ छ । मैनालीले ती भिडियोकलका स्क्रिनसटसमेत लिएका थिए । त्यसकै आडमा धम्क्याउने गरेको पीडितले प्रहरीसामु बताएकी छिन् । यसरी चार वर्षसम्म यौनशोषणमा परेको दाबीसहित उनले प्रहरीमा उजुरी गरेकी छिन् । मैनालीको शोषणबाट दिक्क भएपछि आफूले गाउँ छाडेको, तैपनि दुःख दिन नछाडेको पीडितको भनाइ छ ।

‘निजबाट छुटकारा पाउन भनी म गाउँ नै छाडी काठमाडौंमा आई बसोवास गर्न लागेँ । निजले मलाई विभिन्न फोन नम्बरहरूबाट फोन गर्ने तथा म्यासेज गर्ने गर्दै आएका थिए,’ उनको जाहेरीमा छ । पटक–पटक आफूले ती सामग्री डिलेट गर्न भन्दा नमानेको युवतीको भनाइ छ । पछिल्लोपटक १५ कात्तिकमा भेटेर ती सबै डिलेट गर्ने भनेपछि आफू भेट्न पुगेको, तर त्यतिवेला फोटोहरू देखाई उल्टै धम्क्याएर होटेलसम्म पुर्‍याई जबर्जस्ती करणी गरेको युवतीको भनाइ छ । उक्त फोटोहरू आफन्त तथा नातेदारलाई पनि पठाइदिएको युवतीको आरोप छ । ‘निजले मेरो अश्लील फोटोहरू खिची अन्य मानिसहरूलाई पठाइदिएको फोटो मसँग छ,’ युवतीले जाहेरीमा भनेकी छिन् ।

अहिले युवती श्रीमान्सँग छुट्टिएकी छिन् भने घरपरिवारबाट पनि सहयोग छैन । अर्कोतिर ज्यान मार्ने धम्की आइरहँदा आफू बस्ने ठाउँ नै फेरिरहन बाध्य भएको युवती बताउँछिन् । ‘जेलमा हुँदा पनि धम्की दिने व्यक्ति बाहिर निस्किएपछि झन् डर बढेको छ । मैले कल रेकर्डहरू पनि राखेकी छु,’ युवती भन्छिन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१४ माघ २०७८, शुक्रबार १४:३७
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१४ माघ २०७८, शुक्रबार १४:३७
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१४ माघ २०७८, शुक्रबार १४:३७
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१४ माघ २०७८, शुक्रबार १४:३७
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१४ माघ २०७८, शुक्रबार १४:३७
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१४ माघ २०७८, शुक्रबार १४:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.