सुस्मिता भट्टराई
रातो र तातो रगत बगाइ
देश बचाउन भनी
अकाल मै मरेको म !
सारा परिवार रुवाएर
त्यो दिन म एक्लै हासेको थिए,
अन्तिम पटकको हासो
परिवारबाट टाढा जादाको हासो
देश बचाउन पाउँदाको हासो
जिवनकै अन्तिम हासो,
तर आज रोइरहेको देख्दा
नेपाली आमा
खै कसरी हासु म?
कसरी खुसी हुनु म?
नेपाल बेचिदा,
देश टुक्रिदा,
म त ज्यान गुमाएको थिए,
यहीँ देश टुक्रिनबाट बचाउन
चाहेको थिए!
तर बिडम्बना ज्यानको
बाजि राख्नु ब्यर्थै भएछ,
नेताले देशको चाबीको लागि
एक-एक भोट माग्दै हिडि
देश बचाउने खाएका ती बाचा कसम
मात्र स्वार्थ रहेछ!
हो मैले आफ्नो ज्यान गुमाए
अंह पछुतो छैन मलाई ज्यान गुमाउँदा!
तर चुहिन्छन आँसु !
देश टुक्रिएको देख्दा,
नेपाली आमा रोएको देख्दा।
पछुतो छैन मलाई
त्यो बेला गोलि खाएको सम्झिदा,
तर हरेस लाग्छ मलाई!
नेपाली आमाको मलाई बचाउ
भन्ने चित्कार सुन्दा!
हो म सहिद हो!
त्यही सहिद,
जो नेपाली आमाको चेला हो!
म सहिद हो
त्यो सहिद
जस्ले नेपालको लागि
ज्यान गुमाएको थियो,
हो म सहिद हो!
जो आफ्नो ज्यान गुमाउदा
मुस्कुराइरहेको थियो!
तर
आज मानव मानव बिच
मनमुटाव देख्दा रोइरहेको छु,
बरु मलाई चाहिदैन मेरो लागि दिवस
तर ए मानव मेरो देश बचाइदेउ!
मलाई मेरो सिङ्गो देश देख्नु छ,
नेपाली आमाको पुरानो भेष देख्नु छ,
मनमुटाव नभएको पुरानै मानव देख्नु छ!
हो मलाई म ज्युदो छदाको देश संग भेट्नु छ।
सन्धिखर्क-अर्घाखाँची
Discussion about this post